ब्रिटेनमा स्नायुप्रणालीमा असर पुर्‍याउने गरी भएको एउटा आक्रमणपछि युरोपेली संघ (ईयु) ले रुसबाट आफ्ना राजदूत फिर्ता गर्ने दुर्लभ कदम चालेको छ।

ब्रसल्समा युरोपेली संघका शीर्ष नेताहरूको बैठकपछि ब्रिटेनप्रति ऐक्य जनाउन उक्त कदम चालिएको हो।

बैठकमा रुसी पूर्वगुप्तचर सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि विषालु पदार्थ प्रयोग गरी भएको आक्रमणमा मस्कोको संलग्नताको सम्भावना अत्यधिक रहेको निष्कर्ष निकालिएको थियो।

सर्गेइ र उनकी छोरी दुवैको अवस्था गम्भीर छ र उनीहरूको उपचार चलिरहेको छ।

ब्रिटेनद्वारा २३ रुसी कूटनीतिज्ञलाई देशनिकाला
ब्रिटिश कूटनीतिज्ञ निष्कासन गर्ने रुसी निर्णय
जासुस विष प्रकरणमा रुसको निन्दा
युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले सोल्ज्बरीमा भएको आक्रमणको अन्य कुनै चित्तबुझ्दो कारण नभएको बताएका छन्।

उक्त घटनापछि ब्रिटेनले रुसका २३ जना कूटनीतिज्ञलाई देशनिकाला गर्ने निर्णय गरेको थियो।

अन्य युरोपेली देशहरूले पनि ब्रिटेनको अनुसरण गरेर रुसी कूटनीतिज्ञहरूलाई देशनिकाला गर्ने सम्भावना रहेको बताइन्छ।

ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले उक्त आक्रमण युरोप विरुद्धको रुसी आक्रमणको शृङ्खलाकै अङ्ग भएको बताएकी छन्।

रुसले आफ्नो पूर्वगुप्तचरको हत्या प्रयासमा आफू संलग्न भएको बताउने गरेको छ।

-बिबिसी बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah