काठमाडौँ — बंगाली सहकर्मीको हत्या अभियोगमा सजाय सुनाइएका लाग्दी गदियानी–९, सिरहाका सुरेश मण्डललाई साउदी अरबको अदालतले सजायमुक्त गरेको छ । ९ वर्षअघि सडकमा माटो सम्याउने क्रममा मण्डलले चलाएको गाडीले ठक्कर दिँदा बंगाली सहकर्मी रफिकुल इस्लामको ज्यान गएको थियो ।

अदालतले तोकेको ब्लडमनी (दिया रकम) नलिई पीडित परिवारले माफी दिएपछि सुरेश गत बुधबार सजायमुक्त भएका हुन् ।अदालतले तोकेको ब्लडमनी (दिया रकम) नलिई पीडित परिवारले माफी दिएपछि सुरेश गत बुधबार सजायमुक्त भएको खबर कान्तिपुरमा छापिएको छ  ।

‘माटो सम्याउँदा अगाडि रहेका इस्लामलाई देखिनँ । त्यो दुर्घटना अन्जानमा भएको थियो,’ मण्डलले कान्तिपुरलाई भने, ‘काम गर्ने क्रममा भएको दुर्घटनामा जिम्मेवारी लिनुपर्‍यो । मेरो अनुरोधलाई इस्लामको परिवारले ब्लडमनी नलिने निर्णय गरेपछि मैले न्याय पाएँ ।’

अदालतले पीडित परिवारलाई तीन लाख रियाल दिनुपर्ने फैसला सुनाएको थियो । साउदीस्थित नेपाली दूतावास मण्डलका पक्षमा अदालतमा लडै आएको थियो । दुर्घटना भएपछि मण्डललाई जुवेलस्थित जेलमा ७ वर्ष ६ महिना राखिएको थियो ।

इस्लामको परिवारले ब्लडमनी नलिई माफी दिँदा आफूले नयाँ जीवन पाएको र नेपाल फिर्ने बाटो खुलेको मण्डलले बताए । ‘अदालतले फैसला गरेको रकम दिन सक्ने हैसियतमा थिइनँ । सबैको सहयोग र मेरो अनुरोधलाई इस्लामको परिवारले बुझिदिए,’ उनले भने ।

कम्पनीले मण्डलको जिम्मेवारी लिएपछि २२ महिनाअगाडि मात्रै जेलबाट निकाली काममा लगाउँदै आएको थियो । ‘अहिले लेबर काम गर्दै आइरहेको छु । कम्पनीसँग ७ वर्षको तलब दिनुपर्छ भनेर माग गरिरहेको छु । दिन्छु भन्ने प्रतिबद्धता पनि गरेको छ,’ उनले भने ।

मण्डल पुन: कम्पनीमै कार्यरत छन् । ‘म आरसीसी कम्पनीमा आएको थिएँ । आरसीसी कम्पनीका मालिकको मृत्यु भएपछि छोराको कम्पनी इन्सामा लेबर काम गरिरहेको छु । ८ सय रियाल तलब दिन्छ,’ उनले भने, ‘मेरो प्रार्थनापछि घर जान पाउने अवस्था आयो । त्यसका लागि राहदानी बनाउन दूतावासमा निवेदन दिएको छु । राहदानी बन्नासाथ बिदामा नेपाल आउँछु ।’
मण्डलका चार छोराछोरी, श्रीमती र बुबाआमा छन् । ‘जेठी छोरीको उमेर १९ वर्ष भयो । १२ वर्षका जुम्ल्याहा छोरा छन् । ९ वर्षकी छोरी छिन्,’ उनले भने, ‘म साउदी आएको तीन महिनामा कान्छी छोरीको जन्म भएको हो । उसलाई त देखेको पनि छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah