उर्लाबारी,१५ चैत । मोरङको उर्लाबारी–३ मा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानको हाताभित्र ‘मदन भण्डारी संग्रहालय’ निर्माण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संग्रहालयको चैत १६ गते शुक्रबार उद्घाटन गर्ने प्रतिष्ठानले जनाएको छ ।

मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष गुरु बरालका अनुसार उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई पनि सहभागी हुने बताईएको छ । १० वर्ष अघि मदन स्मृति कक्षबाट सुरु भएको संग्रहालयको निर्माण गर्न ३ करोड खर्च भएको अध्यक्ष बरालले जानकारी दिए।

एमालेका पूर्व महासचिब भण्डारीको २०५० साल जेष्ठ ३ गते चितवनको दासढुंगामा रहस्यमय गाडी दुर्घटनामा मृत्यु भएको थियो। उनीसँगै सवार अर्का नेता जीवराज आश्रितले पनि दुर्घटनामा ज्यान गुमाएका थिए ।

के–के छ संग्रहालयमा ?

भण्डारीसँग जोडिएका सबै वस्तुहरुको खोजी गरि संग्रहालयको स्थापना गरिएको छ । भुइँतलादेखि ३ तलासम्म रहेको संग्रहालयमा जम्मा १६ वटा कोठा छन्। हरेक कोठामा भण्डारीसँग सम्बन्धित सामग्री र २ मिनेट ३५ सेकेन्डदेखि ४० मिनेट सम्मका भिडियो राखिएको छ ।

संग्रहालयमा भण्डारीको जन्मदेखि मृत्युसम्म र अन्त्येष्टिपछि प्राप्त शोक समवेदनालाई समेत व्यवस्थित तरिकाले सजाईएको छ । भण्डारीले राजनीतिक यात्राको क्रममा पुगेका स्थानको पनि तस्बिर संग्रहालयमा अभिलेख गरिएको छ । उनको सादा जीवनलाई झल्काउने गरि उनले चलाएको साईकल पनि संग्रहालयमा राखिएको छ । दुर्घटनामा परेको बा.अ.च. ८७९३ नम्बरको पजेर गाडी पनि राखिएको छ । भण्डारीको जन्म ताप्लेजुङस्थित ढुंगेसाँघुमा भएको थियो ।

उनको कर्मथलो मोरङ इटहरा र काठमाडौंँ डेरामा बस्दाको अध्ययन कक्ष र सुत्ने कोठाको प्रतिकृति पनि यहाँ निर्माण गरिएको छ । साथै भण्डारीले प्रयोग गरेका लुगा, डेरामा प्रयोग गरेका कुर्सी तथा सोफा ¬¬¬समेत संग्रहालयमा राखिएको छ ।

चैत १८ गतेदेखि संग्रहालय सर्वसाधारणका लागि खुल्ला गरिनेछ भने प्रवेश शुल्क ५० रुपैयाँ रहनेछ । विद्यार्थी, जेष्ठ नागरिक, फरक क्षमता भएका ब्यक्तिलाई भने ५० प्रतिशत छुट गर्ने प्रतिष्ठानले जनाएको छ । संग्रहालय परिसरको उत्तरपट्टी स्विमिङ पुल र बाल उद्यान पनि निर्माण कार्य भइरहेको छ ।

तस्बिर : मदन र जीवराज सवार यही गाडी दुर्घटनामा परेको थियो । चालक थिए अमर लामा ।

सरलपत्रिका बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah