मिठो खाने ,राम्रो लाउने अनि आफनो जिवानस्तर उठाउने सपना बोकेर प्रत्येक दिन सयौ युवा युवती बैदेसिक रोजगारका लागि बिभिन्न मुलुक गईरहेका हुन्छन । ति मध्ये कतिले सोचेको जस्तो कमाई गरेर आफ्नो जीवनयापन उकासिरहेका हुन्छन त् कोहि काठको बाकसमा फर्किरहेका हुन्छन् भने कोहि उतै जेल जीवन बिताउन बाध्य हुन्छन ।
जेल जीवन बिताउनेहरु कोहि अपराध कार्य गरेर हुन्छन् कोहि अरुकै जालझेलमा परि निर्दोस व्यक्ति पनि हुन्छन । यस्तै झुटा मुद्दा लगाएर बिगत २ वर्ष देखि मलेसियाको बेन्तोंग जेलमा जीवन बिताईरहेका छन् मोरङ पथरीसनिस्चरे -९ का प्रकास लिम्बु (पंकज लिम्बु )।

आज भन्दा ७ वर्ष आगाडी एक मेनपावर कम्पनीबाट रकम तिरी मलेसिया गएका उनि सुरुका दिनमा धेर-थोर पैसा घरमा पठाउने गर्थे तर बिचमा एक्कासी उनि सम्पर्क बिहिन भए न पैसा न फोन केहि अतोपतो नभएकोले घर परिवारका सदस्यले सुरुका दिनमा पैसा कमाई हुन छोडोहोला अनि लाजले फोन नगरेको होला भनेर हल्का रुपमा लिए।
तर जब घरका परिवारले उनि ज्यानमार्ने उधोगको झुटो मुद्दा लगाएर जेलमा छ भन्ने सुने हामित छागा बाट खसेको झैँ भईयो गहभरी आसु पार्दै प्रकासको आमाले भनिन ।
कमाउने आशाले बिदेस पठाईएको छोरोको तेस्तो हालत सुनेपछि अहिले उनकी आमा छोरालाई केहिपो हुन्छकि नेपाल आउन पाऊने हो कि होइन भन्ने पिरले सताईरहेको छ ।
मेरो छोराको केहि गल्ति छैन अरु साथीहरुले फसाएका हुन् रे अरु उनका साथीहरु भाषा जान्ने भएका कारण छुटे उ सोजो र इमान्दार थियो सब दोस उसलाई लगाएर फसॉएछन् आमाले भनिन।

यसबारे जानकारी लिने क्रममा हामीले श्रम तथा रोजगार मन्त्रालयमा कुरा गर्दा मन्त्रालयका उप सचिब सुजन जोजेबूका अनुसार प्रकास लिम्बुको बारेमा बैदेसिक रोजगार बिभाग बाट पत्र आएकोले उहाँको यथार्त बुज्न हामीले परराष्ट्र मन्त्रालयमा पत्र पठाई त्यहाँबाट कूटनीतिक तवरले मलेसिया सरकारसंग बार्ता गरि के भएको हो सत्य तथ्य बुझी
उहाँलाई जति सक्दो चाडो नेपाल फर्काउन प्रयत्न गरिने बताउनुभयो ।

https://youtu.be/5B6VvDK0jWk

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah