इटहरी, ११ पुस । आर्थिक समस्याका कारण ‘स्पाइक सु’ सम्म किन्ने पैसा नभएपछि पूवाञ्चलमा जारी बृहत् सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खाली खुट्टै दौडिएर धेरैको आँखामा परेकी किशोरी गुडिया गुप्ता आर्मी बनेर देशको सेवा गर्न चाहन्छिन् ।

नवलपरासी गुठी पर्सौनीकी गुडिया शनिबार ईटहरी रंगशालामा एथलेटिक्सको १५ सय मिटर दौडमा पश्चिमाञ्चल क्षेत्रको प्रतिनिधित्व गर्दै खाली खुट्टा ट्रायाकमा ओर्लिएकी थिइन् ।

निर्माणाधिन रंगशालाको रातो माटोले बनाईएको सेन्डर ट्रयाकमा खाली खुट्टा दैडनु उनका लागि कसैलाई सुनाउन नचाहेर पनि लुकाउन नसकेको बाध्यता थियो । जिल्ला र क्षेत्रीय स्तरका प्रतियोगितामा समेत यसरी नै ट्रयाकमा ओर्लने बानी परिसकेकी गुडियाका लागि यो नौलो बिषय थिएन ।

कक्षा १० मा अध्ययनरत गुडिया सानैदेखि एथलेटिक्स खेलाडी बन्न चाहन्थिन् । उनका बुबा सुरेश गुप्ता सामान्य किसान हुन् । उनको घरमा बुबा, आमा, १७ बर्षका भाई र १५ बर्षकी बहिनी छन् ।

उनी खेलकुदमा लागेपछि गाउँमा उनको कुरा काट्नेको कमी छैन । छोरीबेटीले खेलकुदमा लाग्नु हुँदैन भन्ने मान्यता राख्ने समाजमा गुडियाले खेलकुदमै आफ्नो भविष्य खोज्न थालेपछि उनले ठुलै मानसिक तनावको सामना गर्नुपरेको छ ।
आफुँ खेलकुदमा लागेको विषयलाइ लिएर आमाबुवासँग धेरैले बोलचाल बन्द गरेको दुःखेसो गुडियाले पोखिन् ।

समाजमा आफुँमाथि हुने व्यवहारले गुडियाको मनमा ‘ईख’ पलाएको छ ।
त्यसैले एथलेटिक्स खेलाडीसँगै उनले अर्को सपना पनि पालेकी छिन् आर्मी बन्ने । ‘म भविष्यमा आर्मी बन्न चाहन्छु अनि मेरो कुरा काट्ने समाजमा सफल भएर देखाउँछु ।’ उनी भन्छिन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah