भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका क्रममा वैशाख २८ गते नेपाल आउने भएका छन् । उनी नयाँ दिल्लीबाट नभई बिहारबाट सिधै जनकपुर आउने, त्यसपछि मुक्तिनाथ मन्दिर जाने र त्यसपछि काठमाडौं आउने बुझिएको छ ।

मोदीको स्वागत र अभिनन्दनका लागि अहिले जनकपुरमा विशेष तयारी भइरहेको छ । मोदीको यसपटकको नेपाल भ्रमणलाई धार्मिक र सांस्कृतिक भ्रमणको संज्ञा दिइएको छ । सरकारले मोदीको नेपाल भ्रमणमा राजनीतिक सहमति र सम्झौता नहुने दाबी गरे पनि मोदीले संखुवासभामा निर्माण भइरहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्नेछन् ।

काठमाडौंमै उनले कोसी उच्चबाँधसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने स्रोतले बताएको छ । प्रधानमन्त्री केपी ओलीको राजकीय भारत भ्रमणका बेला कोसी उच्च बाँधका विषयमा भारतीय पक्षसँग सहमति भइसकेको छ । ओलीले आफ्ना समकक्षी मोदीलाई जनकपुर र मुक्तिनाथ भ्रमणको निमन्त्रणा दिएका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै ओलीले नेपाल आउन भनेका थिए ।

यसअघिसम्म मोदी जनकपुर र काठमाडौं आउने तय भएको थियो । तर, मंगलबार गृहमन्त्री रामबहादुर थापा बादलले मोदीले मुक्तिनाथ भ्रमण पनि हुने जानकारी दिएका छन् ।

आखिर मोदी किन जान चाहन्छन् मुक्तिनाथ ?

जानकारहरूका अनुसार मोदी र मुस्ताङबीच भावनात्मक सम्बन्ध छ । राजनीतिमा प्रवेश गर्नुअघि मोदी भारतीय जनता पार्टीको मातृसंगठन ‘आरएसएस’ का सदस्य थिए । ‘आरएसएस’ मा सक्रिय भएका बेला भारतमा असुरक्षित भएपछि उनी नेपालको हिमालयन क्षेत्रमा लुकेर बसेका थिए । मोदी लुकेर बसेको ठाउँ त्यही मुक्तिनाथ रहेको बताइन्छ । मुस्ताङवासीले धेरै अघि एक भारतीय नागरिक केही समयसम्म मुक्तिनाथ वरिपरि बसेको अहिले पनि सम्झन्छन् । ती व्यक्ति उनै मोदी भएको बताइन्छ । आफू लामो समयसम्म बसेको ठाउँ भएकाले यसपटक प्रधानमन्त्री भएका बेला मोदीले मुस्ताङ जान चाहेको स्रोतले बताएको छ ।

मिडिया एनपी बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah