दमक/ पुर्वी नेपालमा रहेका पौडेलबन्धुहरुले सोमबार मोरंगको होक्लाबारीमा प्रत्येक ३ बर्षमा हुने कूलपूजाका साथै गोठको धूप हाल्ने कार्यक्रम सम्पन्न गरेकाछन् । पौडेल बंशहरुमा कुनै प्रकारको अनिष्ठ नआओस भन्ने उदेश्यले कूलपूजा तथा गोठधूप हुने गरेको छ ।

कूलपूजामा बिभिन्न भाकल गर्ने प्रचलन समेत रहेको छ । दमकका झाप्ट बहादुर पौडेलका अनुसार एकआपसमा भेला भएर कूलपूजा गरिएको हो । परम्परागत सस्कृती र संस्कारलाइ जिबन्त राख्नका लागि पुर्खाहरुले गर्दै आएको यस्तो कार्य आफूहरुले पनि निरन्तरता दिएको उनले बताए ।






