सम्माननिय प्रधानमन्त्री ज्यु,
यो पत्र एउटा क्रीकेटप्रेमी नेपालिको नाताले हजुरलाई लेख्दै छु आज नेपालिको छोरो सन्दिप लामिछनेले IPL मा सनसनी मच्चाईरहदा आम नेपालीहरुको झै हजुरको पनि छाती गर्वले फुलेको होला । भोली सन्दिप लामिछाने मेरो देशको भन्दा हजुरको पनि इज्जत बढ्ला सन्दिप लामिछाने, पारस खड्काहरु खाली क्रिकेट मात्र खेलिराखेका छैनन् । विश्वमा नेपाल लाई चिनाईरहेका पनि छन । धेरै दुख गरेर हाम्रा खेलाडीहरु ले नेपाललाई एकदिवसिय मान्यता दिलाएका छन् । तर बिडम्वना ति नै महान खेलाडिहरु लाई खेल्नको लागी हामिसँग एउटा राम्रो अन्त राष्ट्रिय क्रिकेट स्टेडियम पनि छैन ।
अब हामीले ४ बर्ष भित्र मा अन्तरराष्ट्रिय स्तर को क्रिकेट स्टेडियम निर्माण सम्पन्न गरेर धेरै भन्दा धेरै एकदीवसिय खेल हरु खेल्नु छ, त्यस्को लागि बिगत दुई महिना देखी अन्तरराष्ट्रिय स्तर को क्रिकेट स्टेडियम निर्माण अभियान मा हामी रात दिन नभनी लागि रहेका छौ ।
धुर्मुश सुन्तली फाउन्डेसन् को सम्योजन र सरकार सङ्गको सहकार्य मा निर्माण हुने स्टेडियम को प्रस्ताबना नेपाल सरकार समक्ष पेश गरेको धेरै दिन भैसकेको छ । तर रकेट को गति मा देश बिकास गर्ने भनेर जनता सामु सपना बाडेर जनता को जनमत प्राप्त गरी देश को कार्यकारी प्रमुख तपाईं स्वयम हुँदा समेत तत्काल यस्को निर्णय लिन ढिला किन ?
हामी नेपाली जनताले हाम्रो क्रिकेट स्टेडियम हामी आँफै बनाउछौ, सरकार ले जग्गा उपलब्ध गराइदिनु पर्यो मात्र भनेका छौ। कुनै पनि हालत मा देश बन्नु पर्छ भनेर सकरात्मक् सोच राख्ने हामी युबा हरु ले नेपाल सरकार सङ्ग सहकार्य गर्न खोजेको मात्र हो, जसलाई तपाईंजस्तो देश बन्नु पर्छ भन्ने सोच राख्नु हुने प्रधानमन्त्रि ले त कत्ती पनि बिलम्ब नगरि तत्काल निर्णय लियर “अगाडि बढ्नुहोश, सरकार तपाईंहरुको साथ मा छ ” भन्नु पर्ने हैन र ?
युद्ध पछी बिकास को तिब्र गती मा अगाडि बढीरहेको अफ्रीकी मुलुक एथियोपिया मा यदी कुनै बिदेशी नागरिक ले लगानी गर्न चाहन्छ भने ४८ घण्टा भित्र त्यहाको सरकार ले सम्पूर्ण सरकारी प्रक्रीया पुरा गराउछ।
तर हामी त यही देशको नागरिक यही देश भित्र देश ले गर्ब गर्न लायक को स्टेडियम बनाउन खोज्दा सरकारलाई निर्णय गर्न कुन कुरा ले रोकी रहेको छ ?
“सरकार ले चाहे एक दिन मै के गर्न सक्छ ” भन्ने कुरा को पूस्टि भर्खरै सरकार ले चालेको सिन्डिकेट् बिरुद्ध को कदम बाट पनि स्पस्ट हुन्छ । हामी आशा गर्छौ नेपाली क्रिकेट का लागि पनी त्यो एक दिन कत्ती पनि बिलम्ब न गरी आउनेछ, अन्यथा नेपाली क्रिकेट लाई माया गर्ने हामी जस्ता लाखौं नेपाली जनता देश को झन्डा बोकेर हामीले प्रस्ताबना गरेको जग्गा मा झन्डा गाड्न वाध्य हुने छौ,
तर हामीलाई विश्वाश छ तपाईं जस्तो बिकास प्रेमी प्रधानमन्त्री ले हामीलाई झन्डा गाड्न वाध्य बनाउनु हुने छैन।
जय नेपाल।
जय नेपाली क्रिकेट ।।
-विभिन्न अन्लाइन बाट ( ओएस नेपाल, ई मेची आदि आदि बाट )



