काठमाडौं, १८ जेठ – दक्षिण अफ्रिकामा किशोरी विद्यार्थीहरूको गायन तथा नृत्य प्रतियोगितामा विद्यार्थीहरूलाई नग्न बनाएर नाच्न लगाइएपछि त्यहाँ निकै ठूलो हंगामा मच्चिएको छ ।
सरकारले आयोजकहरूलाई कडा निन्दा गर्दै अनुसन्धानको आदेश दिएको छ । शिक्षा मन्त्रालयले एक बयान जारी गर्दै भन्यो, ‘मञ्चमा किशोरीहरूको यस्तो नृत्यलाई हामी निन्दा गर्छौं ।’
दक्षिण अफ्रिकाका केही सांस्कृतिक कार्यक्रममा यस्ता अर्धनग्न नृत्य हुन्छन् । परम्परागत राजाहरूका अगाडि कुमारी युवतीहरूले यसरी नृत्य गर्छन् जसको उद्देश्य युवतीलाई बिहे गर्न प्रोत्साहित गर्नु हो । परम्परावादीहरूले अर्धनग्न नृत्यको बचाउ गरेका छन् ।
एक स्थानीय व्यक्तिले भने, ‘हामीलाई परम्पराप्रति गर्व छ ।’
तर मन्त्रीले पारम्परिक संस्कृतिका लागि नग्नताको औचित्यलाई खारेज गरेकी छन् । उनले भनिन्, ‘आफ्नो संस्कृतिप्रति गर्व गर्नुस् तर किशोरीहरूलाई ननंग्याउनुस् ।’
दक्षिण अफ्रिकामा महिलाहरूविरुद्ध यौन दुर्व्यवहारको घटना भइरहेका हुन्छन् । देशमा औसतमा रूपमा दिनदिनै १५० वटा बलात्कार हुने गरेका छन् ।
एजेन्सी



