काठमाडौं । विश्वकै प्रतिक्षित घटनाका रुपमा रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङको सुरक्षाको जिम्मा सिंगापुर प्रहरी अन्तर्गत नेपालीहरु रहेको गार्खा युनिटले लिएको छ । पहिलो पटक वार्ताका लागि ट्रम्प–किम आइतबार सिंगापुर पुगेका थिए । उनीहरूबीच मंगलबार वार्ता तय भएको छ। दुबै नेताले आफ्नो व्यक्तिगत सुरक्षा टोली ल्याएर आएका छन्।

ट्रम्प र किमको सुरक्षाका लागि सिंगापुरले आफ्नो प्रहरीमा रहेका गोर्खाहरूलाई खटाएको छ। सिंगापुर प्रहरीका गोर्खाहरू वार्तास्थल, सडक र होटलको सुरक्षामा खटेका छन्। सिंगापुरका कानून तथा आन्तरिक मामिला मन्त्री के। सान्मुगमले ट्रम्प र किमको सुरक्षार्थ ५ हजार बढी प्रहरी परिचालन गरिएको र त्यसमध्ये विशेष दस्ताका रूपमा गोर्खा रहेको बताए।

 

‘यति महत्वपूर्ण कार्यक्रमको सुरक्षामा गोर्खाहरूले जिम्मेवारी पाएको देख्नु गर्वको क्षण हो,’ ३७ वर्ष बेलायती सेनामा काम गरेका कृष्णकुमार आलेले समाचार संस्था एपीसँग भने, ‘यसले संसारका दुई महत्वपूर्ण नेताको सुरक्षामा हामीलाई विश्वास गरिने तहसम्म हामी गोर्खाहरु पुग्यौं भन्ने देखाउँछौं।’ केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी रक्षा मन्त्री जिम म्याटिससहित केही क्षेत्रीय मन्त्रीहरू एक सुरक्षा गोष्ठीका लागि आउँदा पनि सांग्रिला होटलको सुरक्षामा अरूबेला खासै नदेखिने गोर्खा सैनिक खटिएका थिए।

 

‘सिंगापुरले उपलब्ध गराउन सक्ने सबैभन्दा उत्कृष्ट सुरक्षा भनेकै गोर्खाहरूबाट हो,’ सिंगापुरका सशस्त्र प्रहरी विज्ञ टिम हक्सलेलाई उद्धृत गर्दै यसै साता रोयटर्सले जनाएको थियो । सिंगापुरसमेत हेर्ने थाइल्यान्डस्थित नेपाली दूतावासले पनि वार्तामा सिंगापुर प्रहरीका गोर्खा खटाइने विषय सकारात्मक भएको जनाएको छ । ‘अन्य मुलुकका लागि भए पनि नेपालीले सुरक्षा दिने भनेको नेपालीप्रतिको विश्वास र हाम्रा पुर्खाले जगाएको साख हो,’।

सिंगापुर प्रहरीको गोर्खा टुकडीका विभिन्न तहमा २ हजार ७ जना कार्यरत छन् । उनीहरू त्यहाँ सपरिवार बस्न पाउँछन् । सोही कारण एउटै कम्पाउन्डमा करिब ६ हजार नेपाली छन् । उनीहरूको परिवार रहने स्थानका घरहरू सबै नेपाली कलाशैलीमा निर्माण गरिएको छ ।

 

‘हुन त उच्च व्यक्तित्वको सुरक्षामा हामी खटिनु कुनै ठूलो विषय होइन तर विश्व चर्चाको विषय भएकाले सुरक्षामा हामीले ध्यान दिएका छौं,’ एक सिंगापुर प्रहरीले टेलिफोनमा भने, ‘नेतृत्वले दिएको जिम्मेवारीअनुसार हामी खट्ने छौं । त्यो महत्त्वपूर्ण अवसर हाम्रा लागि गौरव पनि हो ।’ सन्तोसा टापु सबै सिंगापुर प्रहरी, अमेरिकी सेना र उत्तर कोरियाली सुरक्षा अधिकारीको निगरानीमा छ ।

 

वार्तास्थलको भित्री कोर क्षेत्रबाहेक सबै स्थानमा गोर्खा खटिनेछन् । दुवै नेताका आ–आफ्नै सुरक्षाकर्मीहरू सिंगापुर आइसकेको पुष्टि गर्दै प्रहरीले भने, ‘हामी उनीहरूसँगै सबै स्थानमा सक्रिय छौं । वार्तास्थल, दुई नेता बस्ने होटल, उनीहरू हिँड्ने सडक, विमानस्थल, सबै स्थानमा सुरक्षा दिनेछौं ।’ २ हजार ७ मध्ये आधाभन्दा बढी प्रहरी अमेरिकी–कोरियाली शीर्ष नेताको सुरक्षामा खटिने अनुमान गरिए पनि यति नै संख्या भन्ने तय नभएको बताइएको छ । यद्यपि सबैलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको अधिकारीले बताए । यसअघिका उच्चस्तरीय सम्मेलनमा गोर्खाहरू परम्परागत हतियार खुकुरी, कर्जा, बेल्जियममा बनेको अत्याधुनिक राइफल र पेस्तोलसहित सुरक्षामा खटिने गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah