संचारकर्मी तथा समाजसेवी सुर्य चन्द सम्मानित भएका छन् ।

दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा सम्पन्न भएको मिस ग्यालेक्सी नेपाल २०१८ को ग्राण्ड फिनालेमा प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाको उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको हातबाट ‘दक्ष इन्टरनेशनल पत्रकारिता अवार्ड २०१८’ बाट संचारकर्मी सुर्य चन्दलाइ सम्मानित गरिएको थियो ।

लामो समयदेखि निष्ठा र समर्पण भावका साथ पत्रकारितामार्फत संचार क्षेत्रमा साधनारत रही सत्य–तथ्य सूचनामुलक समाचारहरु प्रवाह गरी नेपाली नागरिक समाज तथा आम पाठक समक्ष समर्पित रहँदै आएको र समाजमा रहेका विकृति विसंगति विरुद्ध विभिन्न संचार गृहमा आवद्ध भई पत्रकारिताको माध्यमबाट आमनेपाली पाठक माझ सचेतना फैलाउदै सभ्य समाज निर्माणमा प्रशंसायोग्य कार्य गर्दै आएको योगदानको कदर स्वरुप तथा महत्वपुर्ण सेवाभाव लगन तथा कर्तव्यनिष्ठका साथ नेपाली संचार क्षेत्रको संरक्षण, सम्वद्र्धन र विकासको निमित्त निरन्तर गरेको अतुलनीय योगदानको उच्च कदर गर्दै संचारकर्मी सुर्य चन्दलाइ सम्मान प्रदान गरिएको थियो ।

वर्षनी हुने यस कार्यक्रममा विभिन्न विधामा ख्याति कमाएका तथा आफ्नो कार्यबाट समाजमा महत्वपुर्ण योगदान दिन सफल व्यक्तित्वहरुलाई सम्मान गरिदै आएको कुरा दक्ष इन्टरनेशनल प्रालिका अधक्ष्य टेकराज पाण्डेले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah