काठमाडाै । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता पौडेल दाहालको आज जन्म दिन । अाजदेखि उहाँ ६४ वर्ष पूरा गरी ६५ वर्षमा प्रवेश गर्नुभएकाे छ । एक मात्र छोरा प्रकाशको निधनपछि सीता विछिप्त हुनुभएको छ । केही वर्षअघि जेठी छोरी ज्ञानुको क्यान्सरबाट निधन भएपछि उहाँ उदासिन हुन थाल्नु भएको हो ।

जेठी छोरी गुमाए सीता छोराछोरी अर्थात् नाती, नातिनीको मुहार हेरेर समालिँदै आउनु भएको थियो तर मंसिर ३ गते फेरि उहाँको जीवनमा अर्को ठूलो बज्रजात भयो । त्यसदिन एक मात्र छोरा प्रकाशको ह्रदयघातको कारण आकस्मिक निधन भयो । छोराको निधनपछि भने उहाँ समालिन सक्नु भएको छैन, भावव्हील बन्नुभएको छ । छोराको निधनपछि चिन्नित बनेकै कारण उहाँलाई विभिन्न रोगले च्याप्दै गएको छ । उहाँलाई थाइराइड, मधुमेह लगायतका रोगले सताएको छ । त्यही कारण उहाँ पहिलाको तुलनामा निकै कमजोर हुनु भएको छ ।

पत्नी सीतालाई विभिन्न रोगले च्याप्न थालेपछि अध्यक्ष दाहालले उहाँलाई विदेशमा समेत लगेर उपचार गराउनु भएको छ । अध्यक्ष दाहालले पपत्नी सीतालाई केही महिनाअघि भारतको मेहदान्त अस्पतालमा लगेर उपचार गराउनुभएको थियो । मेदान्तमा अस्पतालको उपचारपछि पनि पूर्ण रुपमामा निकाृ नभएपछि असारको केही साताअघि फेरि सिंगापुर लगिएको थियो ।

सिंगापुरको माउण्ट एलिजाबेथ अस्पतालमा २ सताको उपचारपछि उहाँ आइतबार राति अध्यक्ष दाहालसँगै काठमाडौ फर्किनु भएको छ । माउण्ट एलिजाबेथ अस्पतालमा उहाँको वाटर थेरापीबाट उपचार गरिएको थियो । चिकित्सकहरुले थेरापीलाई निरुनतरदिन सुझाव दिएका छन् र तीन महिनापछि फ्लोचेकअपको लागि फेरि सिंगापुर बोलाएका छन् ।

उहाँ अहिले खुमलटारस्थित निवासमै आराम गरिरहनु भएको छ । त्यही बेला बिहिबार उहाँको जन्मदिन परेको छ । आज सीताको जन्मदिन परे पनि दाहाल परिवारले त्यसलाई धुमधामसँग मनाउने कुनै योजना बनाएको छैन । सीताको जन्मदिनमा छोरी, बुहारी तथा नानीनातिना र अन्य केही आफन्तहरुको सामान्य जमघट रहने जानकारी पारिवारीक स्रोतबाट प्राप्त भएको छ ।

पारिवारीक स्रोतका अनुसार निवासमा जम्मा भएर आफन्तजनले सीतालाई स्वास्थ्यमा सुधार र दीर्घायूको कामना गर्ने छन् । सीताको जन्मदिन त्यसरी नै मनाइनेछ । जनता समाचार बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah