महानगरीय प्रहरी परिसर ओलिभिया (परिवर्तित नाम) ले एनआईसी एशिया बैंकको चेक बाउन्स भएको विवरणसहित जाहेरी लिएर पुगिन्।

NIC ASIA
क्लोटन (नाम परिवर्तनले) दिएको ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उनी प्रहरी कार्यालय पुगेकी थिइन्। परिसरका अपराध अनुसन्धान शाखा प्रमुख डिएसपी मोहन थापाले पीडित युवतीले ल्याएको जाहेरी लिए। चेक दिने युवालाई बोलाएर छलफल गरे। अनुसन्धानमाबाट एउटा फरक तथ्य खुल्यो।

चेक युवाले यौन सम्बन्धपछि युवतीलाई उनको पारिश्रमिक बापत दिएका थिए। युवती जब बैंकमा चेक साट्न पुगिन् खातामा रकम नै थिएन। चेक बाउन्स भयो। तर क्लोटनलले युवती प्रहरीसम्म पुग्लिन् भन्ने कल्पनासम्म गरेका रहेनछन्। आफूले शरीर सुम्पेर कमाएको रकम नपाएपछि आक्रोशित बनेकी युवती जाहेरी बोकेर परिसर पुगेकी थिइन्।

‘अनुसन्धानमा खुलेको तथ्य पत्याउन कठिन थियो तर चेक बाउन्सका अनौठा घटनामध्ये यो पनि एक हो,’ डिएसपी थापाले नेपालखबरसँग भने।

उनका अनुसार घुस रकम दिएको चेक समेत बाउन्स भएका घटना परिसरमा आएका छन्। सुरुमा पीडित र पीडिक अनेकन बाहना बनाउने गरेर जाहेरी दर्ता गराउँछन। ‘हामीले दुवै पक्षलाई छलफलमा बोलाउने र थप अनुसन्धान गरेपछि सम्पर्कबिहीन हुने र केहीमा दुवैलाई कारवाही गरेका छौं,’ थापाले भने।

परिसर काठमाडौमा मात्रै दिनमा सरदर १० देखि १५ वटा चेक बाउन्सका जाहेरी आउने गरेका छन्। तथ्यांकअनुसार २०७४ साउन देखि हालसम्म १२०० भन्दा बढी उजुरी आएको छ। परिसमा दर्ता भएका मुद्दाहरुको अनुसन्धानमा अधिकांश ठगी गर्ने उद्देश्यले दिएका चेक बाउन्स हुने गरेको भेटिएको हो।

वैदेशिक रोजगारीमा पठाउन नसकेपछि पीडितलाई खातामा रकम नभएको चेक दिने गरेका घटनाको संख्या समेत उलेख्ख छ। यस्तै सापटी रकम फिर्तागर्दा वा दिँदा समेत चेक बाउन्स भएका जाहेरी परिसरमा परेका हुन्। जग्गा खरिद, वैनावट्टा, सामान लिए बापत भुक्तानीको रकम र कमसिनदेखि घरायसी कारोवारमा चेक दिएकोमा वाउन्स हुने गरेका हुन्।

प्रहरीले कुनै बैंक तथा वित्तिय संस्थाको चेक दिएर नसाटिएमा बाउन्स हुन्छ। चेक बाउन्स भएमा बैंकिङ कसुरको अपराधमा मुद्दा चल्ने गरेको हो। । चेक वाउन्स भएमा बैकिङ कसुर सजाय ऐन २०६४ अनुसार ३ महिना कैद र विगो भराई विगो वमोजिम जरिबाना हुने व्यवस्था रहेको छ । नेपाल खबर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah