काठमाडौं । आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य संस्था वन्द गर्ने नेपाल चिकित्सक संघको निर्णय विरुद्ध संघकै पदाधिकारी उत्रिनु भएको छ । अनशनरत डा. गोविन्द केसी मागलाई समर्थन गर्दै संघले स्वास्थ्य संस्था वन्द गर्ने निर्णय गरेपछि कोषाध्यक्ष डा. रक्षा श्रेष्ठले असहमति जनाउनु भएको हो ।

बिरामीको जीवन बचाउने चिकित्सक आफै स्वास्थ्य संस्था बन्द गर्ने निर्णयमा आफू कहिल्यै सहमत हुन नसक्ने भन्दै उहाँले माइन्युटमै नोटअफ डिसेन्ट लेख्नुभएको छ । संघले भोलिदेखि देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।

संघको बुधबार बसेको कार्यकारी समितिको आकस्मिक बैठकमा स्वास्थ्य संस्था बन्द गर्दा विरामीको बिचल्ली हुने भन्दै संघकी कोषाध्यक्ष डा. श्रेष्ठले निर्णयमा आफू असहमत रहेको बताउनु भयो । श्रेष्ठले आफ्नो असहमति भएको उल्लेख गर्दै नोट अफ डिसेन्ट लेखेको प्रष्ट पार्नुभयो । ‘हामी चिकित्सक प्रत्यक्ष बिरामीको जीवनसँग सरोकार राख्ने हुनाले बन्द हडतालमा असहमति जनाउँछु,’ डा. श्रेष्ठको नोटअफ डिसेन्टमा लेखिएको छ ।

कोषाध्यक्ष डा श्रेष्ठले डा गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने कुरामा आफू सहमत रहेको तर स्वास्थ्य संस्था जस्तो जनताको जीवन जोडिएको क्षेत्रमा हड्ताल गर्नु उचित नभएको बताउनु भयो । ‘डा. केसीको जीवन रक्षाको लागि त हामी सबै नै लागिरहेका छौं, लडिरहेका छौं तर उहाँको नाममा हजारौं बिरामीहरुको बिचल्ली पार्ने काम सही होइन ।

डा. केसी पनि स्वास्थ्य संस्था बन्द गर्ने कार्यमा सहमत हुनुहुन्न जस्तो लाग्छ,’ श्रेष्ठले भन्नुभयो । श्रेष्ठले अस्पताल जस्तो संवदेनशिल क्षेत्रमा बन्द हड्ताल गरेर बिरामी बिचल्ली पार्नु अपराध भएको पनि प्रष्ट पार्नुभयो । ‘मलाई लाग्छ डा केसी पनि बन्द हड्तालको पक्षमा हुनुहुन्न । हामी चिकित्सकले हड्ताल गरेर देशभरका हजारौं बिरामीलाई बिचल्ली पार्ने अपराध गर्नु हुदैन,’ डा. श्रेष्ठले भन्नुभयो ।

संसदमा दर्ता गरिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिई पुरानै चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन अनुरुपको विधेयक ल्याइनु पर्ने माग राख्दै डा केसी गत असार १६ गतेदेखि जुम्लामा अनशनरत हुनुहुन्छ । मन्त्रिपरिषद्ले सोमबारै शिक्षा सचिव खगराज बरालको नेतृत्वमा गृह र स्वास्थ्यका सहसचिव रहेको वार्ता टोली गठन गरेको छ ।

केसीका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, अधिवक्ता ओमप्रकाश अर्याल र डाक्टर अभिषेकराज सिंह वार्तामा सहभागी हुनुहुन्छ । डाक्टर केसीका प्रतिनिधि र सरकारबीच सोमबार र मंगलबार वार्ता भएता पनि डा. केसीको नयाँ अडानले वार्ता बिना निष्कर्ष टुंगिएको छ ।

डाक्टर केसीले तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहित वार्ता टोली नपठाएसम्म अर्को चरणको वार्ता नगर्ने घोषणा गर्नुभएपछि बार्ता अघि बढन सकेको छैन । – जनताटाईम्सबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah