काठमाडौं । नागरिक, समाज र राष्ट्रमा देखिएका विभिन्न खालका संकटको मोचन होस भन्ने कामना गरी संकट मोचनधामको निर्माण कार्यमा सहयोग गर्ने उद्देश्यको साथमा संकट मोचन हनुमान मन्दिर सेवा समिति तथा विश्व हिन्दु महासंघ लगायतका धार्मिक एवं सामाजिक संघसंस्थाहरूको आयोजनामा भुवनेश्वरी मन्दिर परिसर बासुकी चौर बल्खु काठमाडौंमा यही २०७५ श्रावण ११ गते गुरु पूर्णिमाको दिनदेखि २६ गतेसम्म संकट मोचन शिव पुराण महायज्ञ हुन गइरहेको समाचार प्राप्त भएको छ ।

महायज्ञमा पं. माधवानन्द महाराजबाट शिव महापुराणको वेदान्तीय कथा प्रवचन हुने र १६ गतेदेखि दिनरात अखण्डरूपमा नौ जना बटुकबाट हवन हुने आयोजकले बताएका छन् । महायज्ञमा ग्रहशान्ति, रुद्रीलगायतका अन्य आुनष्ठानिक कर्महरू पनि समावेश गरिने आयोजकले बताएका छन् ।

नेपाल सरकारको गुरु योजनामा परी सरकारी बजेटबाट संकट मोचन धामको निर्माणको केही भइसकेको अवस्था रहेको र हाल निर्माण कार्य रोकिएको छ । निर्माणाधिन धामको निर्माण कार्यमा सहयोग गर्ने उद्देश्यको साथमा गर्न लागिएको सो महायज्ञमा देश विदेशमा रहनुभएका सर्वसाधारण सबैले यथाशक्य सहयोग गरीदिनुहुन सङ्कल्पकर्ता तथा महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हनुमान साधक सन्तश्री स्वामी सेवकले अपिल गर्नु भएको छ । स्वामी सेवकका अनुसार एक नागरिक कम्तिमा एक ईट्टा बराबरको सहयोग गरी नागरिक, समाज र राष्ट्रमा परिरहेका विभिन्न खालका संकटहरूको निवारणको लागि संकट मोचन धाम बनाउने यो कार्यमा सबैले आआफ्नो ठाऊँबाट भूमिका निर्वाह गर्न सकिन्छ ।

यो महायज्ञ कुनै तामझाम र नीजि आश्रम गराउन नभएर विशुद्ध रूपमा नेपाल र नेपाली नागरिकमा आइरहेका तथा आउनसक्ने संकटको मोचनको लागि गर्न खोजिएको स्वामी सेवकको भनाइ छ । महायज्ञमा प्रत्यक्ष रूपमा आउन नसक्ने, टाढा रहनु भएका लगायतले संकट मोचन हनुमान मन्दिर सेवा समितिको नाममा एस. बि. आई. बैंक लि. टेकु काठमाडौं शाखामा रहेको बैक खाता नं.१९२२५२४०२००२०५ मा कहीँबाट पनि आफ्नो ईच्छा अनुसारको दान सहयोग गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah