काठमाडौं, १३ साउन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले युरोपेली मुलुकका राजदूतसँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा उनले नेपालको सम्भावित आर्थिक क्षेत्रको प्रचार प्रसार गर्न निर्देशन दिएका छन् । युरोपेली क्षेत्रका लागि नेपाली राजदुतसँग भएको संयुक्त भेटका क्रममा मन्त्री ज्ञवालीले आर्थिक सम्भावनाका नयाँ क्षेत्रको प्रवृद्धनका लागि कुटनीतिक प्रयास सशक्त बनाउन निर्देशन दिए ।
परराष्ट्रमन्त्री ज्ञवाली युरोपेली क्षेत्रका नेपाली राजदुतहरुको क्षेत्रीय सम्मेलनमा सहभागी भएका थिए । बेल्जियमको ब्रसेल्समा भएको उक्त कार्यक्रममा मन्त्री ज्ञवालीले युरोपियन राष्ट्रहरुसँग मुलुकले नयाँ आर्थिक अवसरको खोजी गर्नुपर्ने बताए ।
परराष्ट्रमन्त्रीसंगको भेटका क्रममा नौ वटा युरोपियन देशका लागी नेपाली राजदुतहरुले नेपाली मिसनका क्रियाकलाप बारे व्रिफिङ गरेका थिए ।



