काठमाडौं –संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ ।

कोफी अन्नान फाउन्डेसनको अफिसियल ट्वीटर ह्यान्डलले उनको निधन भएको पुष्टि गरेको हो ।

एक्कासि बिरामी परेपछि अन्नानको शनिबार स्वीट्जरल्यान्डमा निधन भएको रोयटर्सले जनाएको छ ।

नोभेल शान्ति पुरस्कार विजेता अन्नान संयुक्त राष्ट्रसंघको महासचिव बन्ने पहिलो अफ्रिकी नागरिक हुन् ।

घानाका कूटनीतिज्ञ अन्नानले सन् १९९७ देखि २००६ सम्म संयुक्त राष्ट्रसंघको नेतृत्व सम्हालेका थिए ।

कोफी अन्नानले सम्झिएका एक नेपाली

कोफी अन्नान समेत सहभागी एक समारोहमा नेपालबाट तत्कालीन परराष्ट्रमन्त्री कमल थापा सहभागी भएका थिए ।

समारोहमा उपस्थित अतिथिहरूलाई चिनाउने क्रममा नेपालको नाम लिएपछि कोफी अन्नानले मन्त्री थापालाई सोधेछन्– ‘डु यू नो जेनेरल थापा ?’

कमल थापाले अनविज्ञता प्रकट गर्दै सोधेछन्– ‘ह्वाइ ?’

तब अन्नानले भनेछन्, ‘ही वज आवर कमान्डर अफ पीस कीपिङ ।’

कमल थापा कार्यक्रम सकेर नेपाल फर्किए, अनि अन्नानले नाम लिएका जेनेरल थापाबारे खोजीनीति गरे ।

बल्ल उनको चीनजान जेनेरल कृष्णनारायणसिंह थापासँग भयो ।

इराकले कुबेतमाथि हमला गरेपछि उत्पन्न तनावका बीच जेनेरल थापाले फोर्स कमाण्डरको रूपमा कुवेतमा संयुक्त राष्ट्रसंघीय सेनाको नेतृत्व गरेका थिए ।

अन्नानले अह्राएको एउटा काम

कोफी अन्नानको निधनपछि उनीसँग काम गर्दाको अनुभवबारे सोध्दा जेनरल थापाले लोकान्तरलाई एउटा प्रसंग सुनाए –

मैले युएनमा करीब ३ वर्ष काम गरेँ ।

त्यतिबेला मलाई विश्वास गरेर उहाँले एउटा काम जिम्मा दिनुभएको थियो । इजिप्टमा संयुक्त राष्ट्रसंघको पोस्ट हेलियो पोलिसस्थित सुविधासम्पन्न शहरी इलाकामा थियो ।

सेवा सुविधायुक्त शहर र छोराछोरी पढाउन पनि सहज भएकाले त्यहाँ कार्यरत प्रतिनिधिहरूले पोस्ट सार्न मानिरहेका थिएनन् ।

कार्यक्षेत्रमा आउन जान टाढा भएकाले भाडामा पनि अत्यधिक खर्च भइरहेको थियो । अन्य खर्च पनि बढिरहेको थियो ।

यसबीच तत्कालीन महासचिवले मलाई विश्वास गरेर त्यो क्याम्प अन्यत्र सार्ने जिम्मा दिनुभयो ।

मैले स्माइलियामा उपयुक्त जग्गा हेरेँ । त्यो जग्गा स्वेज क्यानल अथोरिटीको रहेछ । मैले त्यो जग्गा उपलब्ध गराउन आग्रह गरेँ ।

त्यसका प्रतिनिधिले भाडामा मात्र दिने कुरा गरे । मैले भाडा कति लाग्छ भनेर सोधेँ । उनले हाँसेर जवाफ दिए– १ डलर । त्यसपछि मैले १ डलर किन, १०० डलर दिन्छौं भनेर सम्झौता गरेँ ।

त्यसपछि मैले हेलियोपोलिसस्थित युएन पोस्टमा कार्यरत एक अर्जेन्टाइनलाई भनें– यो पोस्ट सारिस् भने तँलाई पोस्ट कमाण्डरको जिम्मेवारी दिन्छु ।

त्यसपछि खुसी हुँदै ऊ पोस्ट सार्न तयार भयो । प्री फ्याबका घरहरू थिए । हामीले ६ हप्तामा पोस्ट सारिसकेका थियौं ।

सो कामबाट कोफी अन्नान निकै खुसी हुनुभयो । मेरो तारिफ गर्नुभयो । बधाई पनि दिनुभयो ।

पछि मैले कुवेतमा युएनको फोर्स कमाण्डरको रूपमा पनि काम गरे । युएनमा २ वर्षका लागि तोकिएको मेरो कार्यकाल ३ वर्षसम्म लम्बिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah