दक्षिण भारतको चेन्नईमा ढलमा फ्याकिएका एउटा शिशुको जीवितै उद्दार गरिएको छ । स्थानीय एक महिलाले ढलमा बच्चाको आवाज सुनेपछि खोजी गर्दा ढलमा बच्चा फेला परेको थियो । गीता नाम गरेकी एक महिलाले ती शिशुको उद्दार गरेकी हुन् ।

ती उद्दार गरिएका शिशुको अहिले दक्षिण भारतको चेन्नईस्थित अस्पतालमा उपचार भइरहेको छ। शिशुको स्वास्थ्यवस्था सामान्य रहेको छ । ती उद्दारकर्ता महिलाले शिशुको नाम सुधन्धरम् अर्थात स्वतन्त्रता राखेकी छिन् । उनले शिशुलाई नाती बनाएर पाल्ने बताएकी छिन् । बीबीसीबाट



