भदौ २० । भारत प्रशासित कश्मीरको बारामुला जिल्लामा एक नौ वर्षीय बालिकाको बलात्कारपछि हत्याको मामिलामा डरलाग्दो तथ्य खुल्न आएको छ ।

त्यहाँको प्रहरीले ती बालिकाको अपहरण, सामुहिक बलात्कार र हत्याको मामिलामा एक महिला सहित छ जनालाई गिरफ्तार गरेपछि मानवता नै लज्जित हुने यस्तो रहस्य खुलेको हो ।
प्रहरीका अनुसार पीडित बालिका अभियुक्त महिलाको सौतेली छोरी थिइन् । ती महिलाले बदला लिन आफ्नै छोरा र अन्य चार जनाद्वारा ती बालिकाको बलात्कार गराएर हत्या गरेको पुष्टि हुन आएको छ ।

प्रहरीका अनुसार ती महिलाले आफ्ना आँखासामु नै बलात्कार गर्न लगाएकी थिइन् ।

दस दिनदेखि बेपत्ता रहेकी ती बालिकाको शव आइतबार जङ्गलमा फेला परेको थियो । शवको अनुहार तेजाबले जलाइएको थियो भने शवसँग बर्बरतापूर्ण व्यवहार गरिएको थियो ।

प्रहरीका अनुसार कयौं संदिग्धहरूको बयान लिएपछि उक्त महिला, उनको १४ वर्षीय छोरा र अन्य चार जनालाई गिरफ्तार गरिएको हो ।

के थियो यस जघन्य अपराधको कारण?

प्रहरीलाई प्राप्त जानकारी अनुसार बारामुलाको उरी भन्ने स्थानमा बस्ने मुस्ताक अहमदले सन् २००३ मा स्थानीय महिला फहमिदासँग विवाह गरेका थिए । तिनले एउटा छोरा पनि पाए ।

तर २००८ मा मुस्ताकले झारखण्डबाट दोस्री श्रीमतीका रूपमा खुसबूलाई भित्र्याए । पीडित मुस्ताक र खुसबूकी छोरी थिइन् ।

फहमिदाको बयान अनुसार मुस्ताक्ले आफ्नी कान्छी श्रीमतीसँग बढी समय बिताउने गरेको रिसले उनले यस्तो कदम उठाएकी हुन् ।

पतिसँग बदला लिन फहमिदाले आफ्नै सौतेली छोरीको बर्बर्तापूवक सामुहिक बलात्कार मात्र गराइनन् त्यस जघन्य अपराधमा आफ्नो १४ वर्षीय छोरालाई समेत सामेल गराइन् ।

बलात्कारी जोगाउने एसपीलाई नै जनसेवाश्री !
३ हप्तामैं फैसला, ४ वर्षीया बालिका बलात्कार गर्नेलाई फाँसीको सजाय
बलात्कारपछि बालिकाको हत्या गरेर उनको अनुहार जलाएर शव जङ्गलमा फालिएको तथ्य खुल्न आएको छ ।

वरिष्ठ प्रहरी अधिकृत इम्तियाज हुसेनका अनुसार सामुहिक बलात्कारपछि एउटा बन्चराले हिर्काएर बालिकाको हत्या गरिएको थियो । अपराधमा संलग्न एक १९ वर्षीय युवाले धारिलो चक्कुले बालिकाको आँखा झिकिदिएको र अनुहारमा तेजाब खन्याएर जलाइदिएको खुल्न आएको छ ।

भारतमा केही समय यता बलात्कारपछि हत्याका मामिलामा मृत्युदण्डको व्यवस्था गरिएको भएपनि त्यहाँ यस्ता आपराधिक घटनाहरूमा अंकुश लाग्न सकिरहेको छैन ।

यसै महिनामात्र भारतको मध्यप्रदेश राज्यको मन्दसौर जिल्लामा सात वर्षीय बालिकाको बलात्कारपछि हत्याको आरोपमा दुई जनालाई फाँसीको सजाय सुनाइएको थियो ।

बिबिसी

बालिका बलात्कार गर्ने युवकलाई १२ वर्ष जेल
बालिका बलात्कार गर्नेलार्इ मृत्युदण्ड, अदालतको फैसलाको सर्वत्र स्वागत

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah