नायिका स्वेता खड्कामाथि फेरि अर्को बजपात परेको छ । केही वर्षअघि चर्चित अभिनेता पति श्रीकृष्ण श्रेष्ठलाई गुमाएकी खड्काले अहिले अभिभावक सरहका आफ्ना भिनाजु पनि गुमाएकी छन् । जसलाई उनले सामाजिक सञ्जाल फेसबुकमा यसरी पोखेकी छन् ।

यस्तो छ उनको फेसबुक स्ट्याटस – फेरि पनि हाम्रो खुशी लुटेउ भगवान !!! यो दिन फेरि देख्नु पार्यो हामीले सधैं किन घाऊ माथि घाऊ थप्ने काम गर्छौ हँ किन ??? हामीले के बिगरेको थियौं र, फेरी मेरो दिदी को खुशि लुटेउ तिमीले त्यो अबोध छोरी को हासो छिनेउ हैं ??

शायद भावनाको नाता गरहरो थियो त मेरो अनी भिनाजु को, मेरो अभिभाबक मात्र हुनुनुन्नथ्यो, मैले गल्ती गर्दा गाली गर्ने मात्र हैन मलाई समस्या पर्दा पहिलो फोनको घन्टी भिनाजुलाई जान्थ्यो अब कस्लाई गर्ने मैले फोन ?? म सानो छँदा देखिनै उहाँको बच्चा जस्तै हुर्केको थिए । मलाई याद छ त्यो बच्चा ले जे डिमान्ड गर्दा पनि पुग्थ्यो, मेरो हरेक सुख अनी दुखको साथी हुनु हुन्थ्य । मैले धेरै कोशीस गरे उहाँलाई बचाउन किनकी उहाँलाई तेही क्यान्सर भएको थ्यो जुन कुरा सुन्दा पनि डर लाग्थ्यो । सरी दिदी मैले भिनाजुलाई बचाउन सकिन सरी छोरी मैले तिमीलाई झुट बोले बाबलाई ठीक हुन्छ भनेर । मेरो दिदी हजुर कती महान एघार महिनासम्म हजुरले कती रात रोइकरार्इ त्यो चिसो हस्पिटलमा भिनाजुलाई बचाउन के–के मात्र गर्नुहुन्थ्यो । तर, पनि दैबको अगाडि हाम्रो केही पनी लागेन, मृत्‍युले जीतेरै छोड्यो ।

सधैं छोरा चाहिन्छ भन्ने यो समाजमा तिमी छोरी भएर छोराले भन्दा बढी गरेउ बाबलाई यो सबै दाहसंस्कार म गर्छु भनेर भन्दा तिम्रो हालत देख्न सकिन मैले । तिम्रो सामु आएर बोल्ने हिम्मत आझै आएको छैन छोरी । तिमीले यो कलिलो उमेरमा यति कुरा बुझेर आफ्नो बाबालाई बिदा गरेउ । हाम्रो परिवारको पहिलो उदाहरण बनेउ छोरा भएर । भगवान आझै पनि भन्छु दुख दिन मन छ भने एकैचोटि देउ पटक(पटक गारो भयो हामीलाई सहन !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah