मेक्सिकोको एक हस्पिटलमा एकजना स्थानिय ब्लगरले अस्पतालका डक्टर डेस्कमा सुतिरहेको फोटो खिचे । त्यसबेला रातको ३ बजेको थियो । ब्लगरले त्यही फोटोलाई ‘काम नगरी डेक्समै सुतेका डक्टर’ भनि अनलाइनमा हालिदिए ।
अनलाइनमा उक्त फोटो फोस्ट हुनासाथ मेक्सिकोका अर्को एक डक्टरले पनि तस्बिर पोष्ट गर्दै भने, ‘म पनि यसैगरी सुत्छु ।’ एकैछिनमा विश्वभरका डाक्टरहरुले यस्तै प्रतिक्रिया दिदै धमाधम फोटोहरु पोस्ट गर्न थाले ।
कमै मानिसलाई थाहा छ की, डक्टर र नर्सहरु ३६ घण्टासम्म लगातार ड्युटी गर्छन् । हरेक हप्ता ८० घण्टा काम गर्छन् त्यो पनि कुनै ओभर टाएमको पैसा नलिइ । धेरै डाक्टरहरुलाई थाहा छैन ८ घण्टे ड्युटी भनेको के हो ।
यति लामो समयको ड्युटी डक्टरबाहेक अरु कमैले गर्छन । लगातार लामो समयसम्मको कामको कारण थकित भएका उनीहरु जहाँ पनि निदाउने कोसिस गर्छन् । थोरै समय भएपनि आराम लिन गरिएको कोसिसलाई धेरैले नकरात्मक रुपमा आलोचना गरिदिन्छन् ।
विश्वभर एउटै समस्या भोगिरहेका डक्टरहरुले यस्तै फोटोहरु पोष्ट गरिरहे । केही मिनेट भएपनि आँखा चिम्लिन पाउदा ठुलो राहत मिल्ने उनीहरुको अनुभव छ । केही डाक्टरहरुले कडा रुपमा भनेका छन्, ‘हामीहरु मानिस हौ, मेसिन होइनौ ।’

निन्द्रा नपुग्दा काम गर्न समस्या हुनेगर्छ । यही कारण पनि बेलाबेलामा काममा त्रुटी हुने गर्छ । अनुपातमा हेर्ने हो भने एउटा अप्रेशन गर्न लगातार ४ घण्टा लाग्छ । पुर्ण एकाग्रताका साथ काम गर्नुपर्ने हुन्छ । अस्पतालमा हुने कर्मचारी अभावका कारण पनि धेरैजसो अस्पतालमा यस्ता समस्याहरु देखिने गरेका छन् । नेपालमा पनि यस्तै समस्याबाट गुज्रने डक्टरहरुको संख्या धेरै छ । विभिन्न कामका बेला उनीहरुले काम नगरेको भन्दै निदाएको तस्बिरहरु पत्रिका तथा सामाजिक सञ्जालमा छापिने गरेका छन् । जसबाट बेला बेला उनीहरु दुःखी बन्ने गरेका छन् । तस्बिरहरु :-







