काठमाडौं, १२ असोज । प्रधानमन्त्री केपी ओलीविरुद्ध संयुक्त राष्ट्रसंघको मुख्यालयअघि कालो टिसर्ट लगाएर विरोध प्रदर्शन भएको छ ।

बिहीबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न गएका ओलीविरुद्ध नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल अमेरिकालगायत विभिन्न संघ–सस्थाले विरोध प्रदर्शन गरेका हुन् ।

कालो टिसर्ट लगाएका तरुण दल र नेपाल विद्यार्थी संघका सहभागी नेता तथा जनसम्पर्क समिति अमेरिका र जनसम्पर्क समिति विश्व सञ्जालका नेताहरुले बलात्कार, हत्या हिसांमा संलग्नलाई कारवाही गर, निर्मला पन्तलाई न्याय दिलाउ, प्रजातान्त्रिक सरकार चाहियो जस्ता नारा लेखेका ब्यानर बोकेका थिए ।

उनीहरूले ओली सरकार तानाशाही भएको भन्दै विरोध गरेका थिए ।

तरुण दल अमेरिकाले सरकारले अधिनायकवादी चरित्र देखाएको, राज्यले जनतामाथि दमन गरेको, भ्रष्टाचार, दिनदहाडै हत्या एवं बलात्कारका घटना बढेको र अनियन्त्रित भएको भन्दै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएको जनाएको छ ।

 

विभिन्न संघसंस्थाले ओलीको विरोध गरेपछि प्रधानमन्त्री सम्मानार्थ शुक्रबार न्युयोर्कमा आयोजना गर्ने भनिएको कार्यक्रम स्थगित भएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीको सम्मानका लागि गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको संयोजन, प्रवासी नेपाली मञ्च अमेरिका, नेपाल आदिवासी जनजाति महासंघ र नेपाली संघिय समाजले संयुक्त रुपमा कार्यक्रम गर्ने जनाएका थिए ।

तस्बिर : बेद खरेलको फेसबुकबाट

मिडियाएनपी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah