दमक/झापाको दमक चोकबाट बजार प्रवेस गर्ने मुख्य दुइवटा सडकमा आइतवार बिहानदेखि एकतर्फी सवारी साधन चल्ने भएकाछन् । दमकको जेसिजचोकबाट थाना रोड र शङ्खधरचोक जाने सडकलाइ एकतर्फी बनाउन लागिएको पाईएको हो ।

शुक्रबार साँझ दमक नगरपालिकाले यातायात ब्यवस्थापनका लागि बनाएको समितिको पहलमा भएको छलफलमा यस्तो जानकारी दिइएको हो । समितिका संयोजक प्रजापती सापकोटा सहित वडाध्यक्षहरुको भेलामा यस बिषयमा छलफल भएको थियो ।

इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहाल सहित सहभागि छलफलमा दमक वडा नं.१ का ताराप्रसाद अधिकारी, वडा नं. ४ का वडाध्यक्ष कुमार साम्सोहांग, ५ का इन्द्र गुरुङ, ६ का वडाध्यक्ष टेकबहादुर थापा र ७ का वडाध्यक्ष भीम पौड्याल पनि सहभागि रहेका थिए ।

लायन्स क्लव अफ दमक माउष्ट एभरेष्ट र युनाइटेडले आवश्यक सबै ठाँउमा जेब्रा क्रस बनाउने

लायन्स क्लव अफ दमक माउष्ट एभरेष्ट र युनाइटेडले आवश्यक सबै ठाँउमा जेब्रा क्रस बनाउने भएको छ । छलफलमा माउष्ट एभरेष्टका अध्यक्ष चन्द्र गजमेर र युनाइटेडका अध्यक्ष उत्तम थापाले यस्तो प्रतिबद्धता जनाएकाहुन् ।

दुर्घटनाबाट मानिसलाइ जोगाउन मानवीय सेवामा आधारित रहेर ट्राफिकले तोकेका दमकका सबै ठाँउहरुमा जेब्रा क्रस बनाइदिने गजमेरले जनाए । यो काम दशै अगावै हुने समेत बताईएको छ ।

मुख्य राजमार्ग र दमक बजारभित्रका सडकहरुमा गरेर १५ देखि २० ठाँउमा जेब्रा क्रस आवश्यक रहेको औल्याइएको थियो । यि सबै स्थानमा यि दुइ क्लवले जेब्रा क्रस बनाउने घोषणा गरेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah