दमक,२७ असोज/दमकमा सञ्चालित मिडियाकप फुटसल प्रतियोगिताको उपाधि गौरादहको कसार साप्ताहिकले जितेको छ । शनिवार दमक–९ स्थित रणभूमि फुटसल मैदानमा सम्पन्न उपाधि खेलमा दमकको समदर्शी मासिकलाई १ का विरुद्ध ५ गोल गरि जित हासिल गरेको हो ।

जितसंगै विजेताले १५ हजार,ट्रफि तथा प्रमाणपत्र हात पारे भने उपविजेताले १० हजार ,ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको हाइस्कोर ७ /७ गोल गर्ने विजेता र उपविजेताका क्रमशः अंकित दाहाल र शुसील राईले पुरस्कार पाए । त्यस्तै, गेम अफ द सिरिजबाट विजेताकै प्रेमसागर दाहालले पुरस्कार प्राप्त गरेको आयोजक संस्था नेपाल प्रेस युनियन माइपश्चिम समितिका अध्यक्ष विष्णु सुब्बाले बताए ।

प्रतियोगितामा विजेता,उपविजेता खेलाडीहरुलाई प्रतिनिधिसभाका सदस्य महेन्द्रकुमारी लिम्बु, रेडियो ब्रोडकास्टिङ एशोसियसनका ( वान ) प्रदेश सचिव धु्रव न्यौपाने, दमक जेसीजका अध्यक्ष चन्द्र खत्रीलगायतले वितरण गरेका थिए ।

वडादशैंको अवसर पारेर युनियनले माइपश्चिमका मिडिया हाउसहरुवीच एकदिवसीय मिडियाकप फुटसल प्रतियोगिता गरेको हो । प्रतियोगितामा माइपश्चिमका १० वटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उद्घाटनमा वडादशैंको उपलक्ष्यमा शुभकामना आदानप्रदान समेत गरिएको थियो । शुभकामना आदानप्रदानमा प्रतिनिधिसभाकी सदस्य लिम्बु, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली,गौरादह नगर प्रमुख रोहित शाह, दमक नगर उपप्रमुख गीता अधिकारी,प्रेस युनियन झापाका निवर्तमान अध्यक्ष कृष्ण हुमागाई लगायतले बोलेका थिए । उद्घाटनमा इलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल सुब्बालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah