नेपाली कांग्रेसका युवा नेता एवं प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ र बुद्धशान्ति गाउँ समितिले आयोजना गरेको स्वस्थ्य शिविरबाट दसैंको सुरुवात गरे। शर्माले दसैंको सुरुवातमै सबैको सुस्वास्थ्यको कामना गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालनबाट गरे। शर्माले शिविरमा सहभागी १५ डाक्टर र करिब ७ लाख बराबरको औषधि लिएर निःशुल्क स्वास्थ्य शिविर चलाएर दसैंलाई विशेष बनाएका छन्।
घटस्थापनाको तेस्रो दिनसम्म शिविरमै व्यस्त शर्माले दसैंको अरु दिन सामान्यसँग नै दसैं मनाइ रहेका छन्। उनले दसैंमा पिङ खेल्दै, साथीभाइ र परिवारसँग रमाइलो गरी दसैं मनाइरहेका छन् । परम्परागत शैली त छँदैछ, त्यसबाहेक सामाजिक कार्यमा संलग्न हुँदै दसैं मनाउँदा राम्रो हुने निष्कर्षसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको शर्माको भनाइ छ। यस्तै, डा. शिवहरि दाहालको अमेरिकामा सार्वजनिक भएको पुस्तक ‘चइना–नेपाल–इन्डिया ट्र्यांगल, द डार्क साइड अफ इन्डो–नेपाल रिलेसन’ पनि पढिरहेको शर्माले बताए ।



