हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो चाड दशैँ सकिन लागेको छ ।

दशैँ मान्नेहरू पाहुना लाग्न र टार्नमा व्यस्त छन् ।

दशैँको रमझम सामाजिक सञ्जालमा छरपस्ट देखिन्छ ।

दशैँ चर्चा चलेकै छ ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै दशैँ चर्चा गर्ने बाक्लै छन् ।

‘दशैँको टीको थाप्न प्रधानमन्त्रीकोमा भन्दा राजा ज्ञानेन्द्रकोमा धेरै पुगे रे,’ बालकृष्ण माबुहाङले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘झड्केलोभन्दा वास्तविक पिता खोज्नु स्वाभाविक हो ।’

प्रधानमन्त्री ओलीभन्दा पूर्वराजा ज्ञानेन्द्रकहाँ टीका थाप्न लागेको भीड भाइरल भएपछि पत्रकार विनोद त्रिपाठी चुपचाप बस्न सकेकनन् ।

‘पोहोर दशैँमा पत्रिकाहरू बन्द भएपछि सामाजिक सञ्जाल र अनलाइन समाचारमा एउटा विषय भाइरल भयो । तत्कालीन एमाले र माओवादी एकीकरण गर्ने केपी ओली र पुष्पकमल दाहालबीच सहमति । त्यो भाइरल जेठ ३ गते सत्य साबित भयो,’ पत्रकार त्रिपाठी लेख्छन्, ‘यो दशैँमा भने विचित्रको दृश्य भाइरल भयो । राष्ट्रपति र प्रधानमन्त्रीसँग भन्दा पूर्वराजा ज्ञानेन्द्रकहाँ टीका थाप्नेहरूको बढ्दो भीड । यो भाइरल केको संकेत होला ? शुभेच्छुकमात्रको भीड कि क्षितिजमा छरिएका नयाँ किरणहरू ? के सबै परिवर्तनहरू उपलब्धि नहुन सक्छन् ?’

प्रधानमन्त्री ओलीले चार दिनसम्म टीका लगाइदिने भएपछि गौरव गुरुङले समेत टिप्पणी गर्न पछि परेनन् । ‘नेपालीहरू साह्रै भाग्यमानी ! अब प्रधानन्त्रीले दशैँको टीका चार दिनसम्म लाइदिने भएछ,’ गुरुङले सामाजिक सञ्जालमा व्यंग्य गरे, ‘टीकासँगै समृद्धिको आशिष पाएपछि बल्ल सुखी नेपालीको नारा सार्थक हुन्छ ।’

उनले सामाजिक सञ्जाल फेसबुकमा पुनः लेखे, ‘उहिले दशमीको टीका थाप्न नारानहिटीमा लाम लागे पुग्थ्यो । गणतन्त्रमा डाइनेष्टीको संख्या बढेसँगै टीका थाप्ने अखडा पनि बढेछ ।’

सांसद अञ्जना विशंखेलाई समेत प्रधानमन्त्री ओलीले टीका लगाइदिएको मन परेको छैन । सांसद विशंखेले फेसबुकमा टिप्पणी गरिन्, ‘धर्मनिरपेक्ष राज्यमा हाम्रा प्रधानमन्त्रीले बालुवाटारमा टीका लगाइदिने रे ! समाजवादउन्मुख संविधानको खिल्ली योभन्दा बढी के होला ?’

सामाजिक सञ्जालमा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत आलोचना गरिएको छ । राष्ट्रपति भण्डारीको हातबाट टीका थापिरहेको दृश्य सार्वजनिक भएपछि पत्रकार व्याकुल पाठकले फेसबुक ‘स्टाटस’ लेख्न कन्जुस्याइँ गरेनन् । ‘एउटा सानो स्टुलको व्यवस्था गरिएको भए सार्वभौमसत्ता सम्पन्न ‘जनता–जनार्दन’ ले यसरी घुँडा टेक्नु पर्दैन थियो कि,’ पत्रकार पाठक भन्छन्, ‘आखिर राष्ट्रपति महोदयलाई थाहा नभएको त होइन रै’छ नि, प्रधानमन्त्री तथा उपराष्ट्रपतिका लागि चाहिँ राम्रो कुर्सीकै जोहो गरिएको रहेछ ! नेपाली नागरिक बने भन्नु त भ्रममात्र रहेछ । जनताबाट नागरिक बन्नु त कता हो कता अझै ‘प्रजा’ युग नै समाप्त भइसकेको रहेनछ !’

‘भान्से, छाते, हुक्के, ढोके, बैठकेलगायत सेवक रैतीजनहरू पहिले सामन्ती शासनका समयमा दरबारका ढोकामा लाइन लागेर टीका थाप्न जान्थे,’ पत्रकार तीर्थ कोइरालाको बुझाइ छ, ‘जाने नजानेको हिसाब हुन्थ्यो । इतिहासको कुरो भो यो ।’

कवि तथा लेखक दिलिप सगर राईले व्यंग्य गरे, ‘क्षेत्री बाहुनलाई रक्सी नखाऊ भन्नु र जनजातिलाई टीका नलाऊ भन्नु उस्तै–उस्तै ।’

लेखक विद्या सापकोटा निष्फिक्री भन्छिन्, ‘आ, जसको पद र पहुँच जतिसुकै उँचो होस्, आमातिर न मामातिरको मान्छेको हातबाट टीका थाप्नचाहिँ हिडिन्न । सरी ल ।’ \

पत्रकार देविका घर्तीमगरलाई काठमाडौंको दशैँ एक्लो अनुभूति भएको छ । पत्रकार घर्तीमगर लेख्छिन्, ‘काठमाडौं कति एक्लो छ, दशैँ–तिहार आएपछि थाहा हुन्छ ।’

सामाजिक सञ्जाल फेसबुकमा रातो टीका लगाएकी श्रीमतीलाई श्रीमान्ले चुम्वन गर्दै गरेको फोटो ‘पोस्ट’ गर्दै पत्रकार किशोर श्रेष्ठले क्याप्सन लेखिदिए, ‘दशैँको टीका पनि, जुग जाने पिरती पनि ।’

पत्रकार गजुरधन राई बडादशैँमा चीन पुगे । ‘चीनका लागि नेपाली राजदूत पूर्वमुख्यसचिव महामहिम लीलामणि पौडेलज्यूबाट टीका ग्रहण गरियो । चीनमा रहनुभएका धेरै नेपाली दाजुभाइसँग भेटघाट गर्दा अति रमाइलो भयो । भाषा नजान्ने मजस्ता चिनियाँ अनुहारलाई अझ चीनमा गाह्रो हुँदोरहेछ,’ पत्रकार राईले चीनमा दशैँ मनाएको प्रसंग कोट्याउँदै लेखे, ‘किनकि सिधै चिनियाँ भाषामा बोलाउँछन् । इसारासमेत नबुझ्ने भएपछि दूतावास खोज्नसमेत हातमा मोबाइल अन र वी च्याट नभएपछि क्षेत्रमा पुगेर पनि ठाउँमा पुग्न घन्टौं लाग्दोरहेछ । धन्न भेट भो । दशमी राम्रो सम्झना बन्यो । सबैमा आभारसहित शुभकामना छ ।’

नेपाल सरकारका कर्मचारी अनिल किरातीले दशैँमा पारिवारिक भेटघाटलाई अर्थपूर्ण मानेका छन् । कविसमेत रहेका किरातीले फेसबुकमा फोटो ‘पोस्ट’ गर्दै हाकाहाकी लेखे, ‘हाम्रो दशैँको झलक हो, यो । परिवारको हामी ३५ जनामात्र जम्मा भयौं आज ।’

दशैँ चर्चाबारे ‘स्टोरी’ लेखिरहँदासमेत दशैँ रमझमबारे फोटो ‘पोस्ट’ गर्नेको कमी छैन । त्यही प्रसंग जोड्दै पत्रकार समा थापा भन्छिन्, ‘एक घन्टादेखि फेसबुकमा दशैँको फोटो लाइक गरिरा’छु । कसैको बाँकी छ भने भनौं है । ब्रिङ इट अन ।’

पत्रकार थापाको फेसबुक ‘स्टाटस’ सँग मिल्दोजुल्दो ‘स्टाटस’ वसुधा नेपालले लेखेकी छन् । नेपाल लेख्छिन्, ‘दशैँको बेला मानिसको औंला दुख्ने समस्या बढेपछि डाक्टरकहाँ लाइन लाग्नेको संख्या बढ्दो छ । डाक्टरले के दबाइ देलान् सोच्दै छु । (१) लाइक अलिक कम गर्नू । (२) फेसबुक, ट्वीटर हेर्न छोड्नू । (३) रेस्ट गर्नू ।’

दीपेन्द्र राई/ रातो पाटि साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah