विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय नेता तथा संघीय सांसद मिनेन्द्र रिजालले आफ्ना छोराको विवाह गरेका छन्।

सोमबार सम्पन्न विवाहमा हजार बढीको सहभागिता रहयो भने कांग्रेसका शीर्ष नेताको लर्को नै लाग्यो। मोरङ क्षेत्र नम्बर २ बाट निर्वाचित रिजालले आफ्नै निर्वाचन क्षेत्र मोरङ रंगेलीमा ठूलो भोज आयोजना गरिएको थियो।

विवाहमा पार्टीका शीर्ष नेताहरू उपसभापति बिमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला, नेताहरू कृष्ण सिटौला, शेखर कोइरालालगायतका नेता उपस्थित थिए।

प्रदेश १ का प्रमुख डा. गोविन्द तुम्बाहाङको पनि उपस्थिति रहयो। त्यति मात्रै होइन विवाह मोरङ, सुनसरी, झापालगायतका जिल्लाका स्थानीय नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति बीच सम्पन्न भयो।

रंगेली बजारमा रहेको धर्मशालामा हजारौलाई सहभागी गराएर नेता तथा सांसद रिजालले जेठा छोरा पर्जन्य रिजालको र बुहारी चिनियाँ नागरिक फिओना युएन लिंगङ टयांङकोबीच विवाह सम्पन्न भएको हो।

रिजालका छोरा पर्जन्य कालो टाइसुट र ढाका टोपीमा अनि बुहारी फिओना पोते र मंगलसुत्रसहित नेपाली पोसाक सारी चोलोमा सजिएकी थिइन्।

शाकाहारी र मांसाहारी दुवै प्रकारका परिकार रहेको उक्त्त प्रिति भोज दिउँसो १२ बजेदेखि साँझ अवेरसम्म चलेको थियो। स्थानीयका अनुसार बिहे भोजमा सांसद रिजालको निर्वाचन क्षेत्रका मात्र करिब चारहजार बढीको सहभागिता थियो।

विराटनगरको पोखरिया पुर्ख्यौली घर भएका र हाल काठमाडौं बस्दै आएका नेता रिजालका छोरा पर्जन्यले चिनीयाँ मुलकी युवतीसँग विवाह गरेका हुन्। तर विवाह पहिले नै भइसकेको भए पनि नेता रिजालले छोराको प्रितिभोज भने दशैंको समेत अवसर पारेर आफ्नो निर्वाचन क्षेत्रमा नै आयोजना गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah