झापा ।

बजारमा विक्रीका लागि राखिएको पिउने पानीको उचित मूल्य निर्धारण नभएका कारण उपभोक्ता ठगिइरहेका छन् । कम्पनीबाट होलसेलमा ल्याएर व्यापारी आफैँ मनपरी मूल्य राखेर पानी बिक्री गरिरहेको भएपनि सम्बन्धित कुनै निकायले चासो भने देखाएका छैनन् । व्यापारीले सरकारले तोकेको मापदण्ड भन्दा १५० प्रतिशत बढी मूल्यसम्ममा विक्री गर्ने गरेको पाइएको छ ।

उत्पादक कम्पनीबाट १० रुपैयाँ ४० पैसादेखि १२ रुपैयाँ ५० पैसा प्रतिबोतल पानी ल्याएर व्यापारीले २५ देखि ३० रुपैयाँ सम्म उपभोक्तालाई पानी विक्री गरिरहेका छन् । उपभोक्ता संरक्षण ऐनमा उत्पादक वा व्यापारीले उत्पादन मूल्य वा खरिद मूल्यमा २० प्रतिशत भन्दा बढी मूनाफा राख्न नपाउने उल्लेख गरिएको छ । तर पानीमा भने व्यापारीले २० प्रतिशत हैन १२० देखि १५० प्रतिशत सम्म नै मूनाफा राख्ने गरेको पाइएको छ ।

पानी उत्पादक कम्पनीका अनुसार प्रतिकार्टुन पानी १२० देखि १५० रुपैयाँमा व्यापारीलाई बेचिन्छ । अर्थात् १२० रुपैयाँ प्रतिकार्टन पर्ने पानी प्रति बोतल १० रुपैयाँ पर्छ भने प्रतिकार्टन १५० रुपैयाँ पानी प्रतिबोतल १२ रुपैयाँ ५० पैसा पर्छ । उपभोक्ताले पानीको मूल्य महँगो भएको थाहा पाए पनि कहाँ गएर गुनासो गर्ने भन्ने बारेमा अन्यौलता देखिएको छ ।

जसका लागि नियमित र प्रभावकारी अनुगमनको खाँचो रहेको उपभोक्ताले जनाएका छन् । ‘एक बोतलपानीको कहीँ २० मै पाइन्छ कहीँ ३० पर्छ’, बिर्तामोडका दीलिप प्रधानले भने, ‘पहिल्यैदेखि यस्तै छ, खै त कसैले केही भनेका छैनन् ।’

हेर्दा सामान्य लाग्ने पानीको व्यापारमा झापामा दैनिक लाखौँ रुपैयाँ कालाबजारी भइरहेको पाइएको छ । झापामा पानी उत्पादन गर्ने कम्पनीहरु साना तथा घरेलु उद्योगमा २७ वटा दर्ता भएका छन् तर आन्तरिक राजश्व कार्यालयमा भने पानी शीर्षकमा ४१ वटा कम्पनीले राजश्व तिरिरहेको तथ्याङ्क छ ।

यसरी कम्पनी चलाउन अनुमति दिने निकाय र राजश्व संकलन गर्ने बसेको निकायमै कति कम्पनी छन् भन्ने यकिन तथ्याङ्क समेत छैन । कम्पनीको यकिन तथ्यांक नभए पनि पानी उत्पादकहरुका अनुसार झापामा दैनिक ७२ हजार लिटर पानी विक्री हुने गरेको छ । ७२ हजार लिटर पानी उत्पादकले बजारमा वितरण गरिरहेको छ ।

झापामा पानीकै मात्र दैनिक १५ देखि २० लाख सम्मको कारोवार हुन्छ । व्यापारीहरुको यो तथ्यलाई आधार मान्ने हो भने झापामा वार्षिक ६० करोड रुपैयाँभन्दा बढीको कारोबार हुन्छ तर आन्तरिक राजश्व कार्यालयमा भने आर्थिक वर्ष २०७४/७५ मा २४ लाख ११ हजार ८ सय ४२ रुपैयाँमा मात्र राजश्व संकलन भएको छ ।

आन्तरिक राजस्व कार्यालय झापाका कर अधिकृत पेसल न्यौपानेका अनुसार अनुगमनको अभावकै कारण पानीमा कम मात्र राजश्व संकलन भएको हो । ‘खासमा यो हामीले पनि चासो दिएको विषय रहेनछ’, अधिकृत न्यौपानेले भने, ‘अनुगमन गरेका पनि थिएनौँ, अब चाहिँ यसलाई पनि हेर्छौंँ ।’

पानी उत्पादबाट सस्तो मूल्यमा पानी खरिद गरि महाँगोमा बेच्ने व्यापारीका बारेमा अहिलेसम्म कसैले पनिप्रश्न उठाउन सकेका छैनन् । मूल्य निर्धारण कसरी गरिन्छ भन्ने कुराको जवाफ कम्पनी सञ्चालन गर्न अनुमति दिने निकायलाई समेत थाहा छैन । कम शुल्कमा खरिद गरी बढी शुल्क उठाउन पल्केका व्यापारीमाथि अहिलेसम्म कसैले पनि किन यति धेरै नाफा लिएर बेचेको भनेर सोधेका पनि छैनन् । जसका कारण झापामा पानीको व्यापारबाट झापामा उपभोक्ता त ठगिरहेका छन् नै सरकारले पाउने राजश्व पनि गुमिरहेको अवस्था छ ।

यता, उपभोक्ता मञ्चले पनि उचित अनुगमनकै अभाव भएको स्वीकार गरेको छ । उपभोक्ताको हकहित अधिकार संरक्षण गर्न गठन भएको उपभोक्ता मञ्चले पनि उपभोक्ता यसरी ठगिरहेको देख्दा पनि बेवास्ता गरेको छ ।

उपभोक्ता मञ्च दमकका उपाध्यक्ष डा. नवीन चापागाईँले पानीको मूल्यमा प्रभावकारी अनुगमनकै अभावमा उपभोक्ता ठगिन पुगेको तथ्यलाई स्वीकार गरे । डा.चापागाईँले भने, ‘अबको बजार अनुगमनमा पानीको मूल्य निर्धारणका बारेमा व्यापक खोजी गरिनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah