न्युयोर्क, १६ कात्तिक । अमेरिका अध्ययनका लागि पुगेकी नेपाली मूलकी र्इशा शर्मा टेक्सस राज्यस्थित युलेस सहरको पार्क एण्ड लिजर सर्भिसको बोर्ड सदस्यमा मनोनीत भएकी छिन् ।
शर्मालाई युलेस सहरकी मेयर लिण्डा मार्टिनले अक्टोबर २४ मा दुई वर्षका लागि बोर्ड सदस्यमा मनोनयन गरेकी हुन् । शर्माको नियुक्तिले अमेरिका र नेपालमा चर्चा पाएको छ ।
शर्माको मनोनयनलाई युलेस नगरको बोर्डले अनुमोदन गरिसकेको छ । शर्माले सन् २०१० मा युनिभर्सिटी अफ न्यू ओर्लियन्सबाट राजनीतिशास्त्रमा स्नातक गरेकी छिन् ।
लुजियना स्टेट युनिभर्सिटीबाट मानव संसाधन तथा नेतृत्व विकास विषयमा उनले स्नातकोत्तर पनि गरेकी छिन् ।
शर्मा बोर्ड सदस्य मनोनीत भएपछि अमेरिकाका नेपाली समुदाय खुसी भएका छन् ।



