काठमाडौं : एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सो नेपाल आइडल सिजन-२ को शुक्रबारको कार्यक्रममा सुर्खेतका सुविन सिंह बाहिरिएका छन्।
‘तिमीले भनेका सारा देव छोएर, म किरिया खान कहाँ सक्छु र’ बोलको गीत उनले बिहीबारको कार्यक्रममा गाएका थिए।

कार्यक्रममा उपस्थित वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले समेत उनको फरक खालको स्वरको खुलेर प्रशंसा गरेका थिए। शुक्रबारको कार्यक्रममा सुविन नेपालको राष्ट्रिय झन्डा बोकेर मञ्चमा देखा परे। विक्रम र सुविनले ‘ठूलाठूला महल होइन’ बोलको गीतमा संयुक्त प्रस्तुति दिएका थिए। उनीहरूले गीत गाइरहँदा सबै दर्शक र जज मन्त्रमुग्ध थिए।

प्रतिस्पर्धाको नियम नै हो, एकजनाले जित्न अरूले हार्नुपर्छ। नेपाल आइडलको फाइनल जति नजिक जान्छ यसका सहभागीबीच प्रतिस्पर्धा झनै कडा बन्छ। कोहीभन्दा कोही कम छैनन्। सबै सुमधुर गाउँछन्। सबैले स्वरको जादु चलाउँछन्। सबै प्रतिस्पर्धीले टाइटल विजेता बन्ने उद्देश्य राखेका छन्। शुक्रबारको कार्यक्रममा टप नौ सहभागीबीच प्रतिस्पर्धा भएको थियो।

शुक्रबार बाहिरिएका सुर्खेतका सुविन नेपाल आइडलका चर्चित प्रतियोगी हुन्। सानैदेखि संगीतमा रुचि राख्ने उनी यही क्षेत्रमा विशेष गर्न चाहन्छन्। नेपाल आइडल आउनुअघि उनी कतार बसेर फर्किएका हुन्।

अलिकति जिम्मेवारी, अलिकति खुसी र थोरै दुःख लागेको बताउँदै उनले नेपाल आइडलले आफ्नो लक्ष्य पूरा गर्न बाटो खोलिदिएकोमा कार्यक्रमप्रति आभारी व्यक्त गरे। कार्यक्रमको अन्तिममा जब प्रस्तोताले आज बाहिरिने प्रतियोगीका रूपमा सुविनको नाम उच्चारण गरे। तब मञ्चमा सन्नाटा छायो। आँखाभरि टिलपिलाएका आँसु रोक्दै सुविन जबर्जस्ती हाँस्ने कोसिस गर्दै थिए। जजहरू शब्दविहीन देखिन्थे।

शुक्रबार वरिष्ठ संगीतकार नातिकाजीको १५ औं स्मृति दिवस। उनले संगीत दिएको ‘शुभकामना’ बोलको गीत प्रस्तुत गर्दै नेपाल आइडल टिमले उनलाई सम्झियो।

‘शुभकामना भरि हरेक श्वासमा,

तिम्रो दीर्घायुको कामना गर्न सकुँ म’

नेपाल आइडलका उत्कृष्ट नौजनाको संयुक्त स्वरमा यो गीतको प्रस्तुतिसँगै शुक्रबारको नेपाल आइडलको शृंखला सुरु भयो। नेपाल आइडलको यो प्रस्तुतिलाई सबै जजले प्रशंसा गरे। कार्यक्रममा मंसिर २१ देखि देशैभरि प्रदर्शनमा आउने ‘प्रसाद’ फिल्मका निर्देशक दिनेश राउत र कलाकार निश्चल बस्नेत अतिथिका रूपमा उपस्थित थिए।

‘चोरी देऊ, चोरी देऊ’ बोलको रमाइलो गीत गाउँदै निकै रोमान्टिक मुडमा मञ्चमा देखा परे पवन गिरी र अस्मिता अधिकारी। यो गीतसँगै निश्चल बस्नेत र कार्यक्रमका प्रस्तोता आसिफले छोटो नृत्य पनि गरेका थिए।

पवन र अस्मिताको रमाइलो गीतले कार्यक्रमको माहोल तातोको थियो। रवि ओड र अस्मिता अधिकारीले पुनः ‘वनकी चरी के भन्छे’ भन्दै स्टेजमा उपस्थित भए। प्रसाद फिल्मको यो गीत पहिलो पटक कार्यक्रममा गाइएको थियो।

मीठो मुस्कानका साथ कार्यक्रममा उपस्थित भए नीलिमा थापा र सुमित पाठक। उनीहरूले लुकु लुकु लाग्यो मलाई, बोलको गीतमा आफ्नो स्वर दिएका थिए। उनीहरूको प्रस्तुतिले पनि दर्शक तथा जजको मन जित्न सफल भयो।

‘असारै महिनामा’ बोलको गीत गाएर क्रिसल कँडेल र अमित बरालले कार्यक्रमको माहोल तताए।

त्यसलगत्तै पुनः गु्रप प्रस्तुतिमा सबै जोडिए। प्रसाद फिल्मकै लै लै बोलको गीतमा प्रत्येकले आफूलाई अब्बल सावित गर्ने कोसिस गरे। कार्यक्रममा सबैको प्रस्तुति बेजोड थियो। लामो समयदेखि उनीहरू गीतसंगीतमा उत्कृष्ट नतिजा ल्याउन संघर्षरत छन्।

‘मन जित्छ उसले, राम्रो गाउँछ जसले’ नाराका साथ नेपाल आइडल सिजन-२ गत साउन २४ देखि सुरु गरिएको हो। नेपाल आइडलका च्यानल हेड लक्ष्मीप्रसाद पौडेल हुन् भने प्रोजेक्ट हेड सुरेश पौडेल छन्। कार्यक्रम निर्देशकहरूमा सुरेश पौडेल, लोकेश वज्राचार्य र एलन श्रेष्ठ रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah