झापा/झापाको मेचीनगर, भद्रपुर र कमल गाउँपालिकामा आगलागी हुदाँ करिब साढे ५ लाखको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार मेची नगरपालिका १३ स्थित चारआली चोकमा बस्ने टेक बहादुर खड्काको घरमा खाना पकाउने क्रममा ग्याँस सिलिन्डर लिक भई आगलागी भएको थियो । आगलागीबाट घरमा रहेको लत्ताकपडा, खाद्यन्न, फर्निचरको सामान र एउटा कोठा जल्दा तीन लाख बराबरको क्षति भएको छ ।

आगलागी स्थानीय प्रहरी, नेपाली सेना, स्थानीयबासी, मेचीनगर, बिर्तामोड, भद्रपुर नपाको तीन वटा दमकले सहयोगमा नियन्त्रणमा लिएको थियो । त्यस्तै कमल गाउँपालिका ६ मंगलबारे बस्ने लक्ष्मीप्रसाद पोखरेलको ग्वालीमा खोले पकाउने क्रममा आगलागी भएको छ ।

आगलागीबाट ग्वाली पूर्ण रुपमा जल्दा ग्वाली भित्र रहेको पराल, काठपात गरी करिब दुइ लाख बराबरको क्षति भएको छ । यता भद्रपुर नगरपालिका ९ स्थित पोखरेल टोलमा धन बहादुर राईको घासँ पात राख्ने ग्वालीमा आगलागी भएको छ । आगलागीबाट ५० हजार बराबरको क्षति भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah