भद्रपुर । १० बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । झापाको शिवसताक्षी नगरपालिका ९ स्थित बिरान भन्ने ठाउँका १० बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका १७ बर्षीय किशोरलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्ष महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार घरमा कोही नभएको मौका छोपी किशोरले ती बालिकालाई ललाई फकाई, डर त्रास देखाएर जबरजस्ती बलात्कार गरेको छरछिमेकले प्रहरीलाई खबर गरेका ।
प्रहरीमा खबर पुगेपछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएका प्रहरी टोलीले बालिकालाई उद्धार गरी घटनामा संलग्न किशोरलाई पक्राउ गरेको थियो । यता बालिकाको स्वास्थ्य परिक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याइएको छ, भने आरोपी किशोरलाई थप अनुसंन्धानका लागि प्रहरीले हिरासतमा राखेको जनाइएको छ ।



