दमक/नेकपाका प्रभावशाली नेता बामदेब गौतमले राष्ट्रिय सहमतीको सरकार आवश्यक भएको बताएकाछन् । उनले अहिलेको प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नै राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने जनाउदै यस्तो बताएकाहुन् ।
प्राइमटाइम टेलिभिजनमा उनले देउसी भैलो कार्यक्रममा यस्तो बताएको सार्वजनिक भएको हो । उनले राष्ट्रिय सहमतिको सरकार बनाउदा पालोपालो नेतृत्व गर्न सकिने जनाएकाछन् । उनले केपी ओली, प्रचण्ड, देउवा र उपेन्द्र यादव समेत प्रधानमन्त्री बन्न सक्ने बताए ।
उनले आफुलाइ प्रधानमन्त्रीको रुपमा प्रस्तुत नगरेको र अरुको नाम लिएको भन्ने प्रश्नमा आफुले आफ्नो नाम लिदा फेरी सबै आफुमाथि खनिने प्रक्रिया दिएकाछन् ।
रिर्पोटस क्लवको देउसीभैलो कार्यक्रममा उनले पार्टी एकताको बिषयमा आफुले जिम्मेवारी पाएमा मिलाउनका लागि धेरै समय नलाग्ने दाबी पनि गरे । जिम्मेवारी पाएकाहरुले अब मिलाएर ल्याउनेमा आशाबादी रहेको भन्दै उनले मुलमा बिकास र सम्बृद्धि आएन भनेर सरकार बनेको यति छोटो समयमा नै भनिहाल्नु न्यायोचित नहुने बताएका थिए ।



