प्रधामन्त्री केपी शर्मा ओली अझै केही दिन वालुवाटारमै आराम गर्ने भएका छन् । चिकित्सकले उनलाई अझै आराम गर्न सुझाव दिएका छन् ।
दशैंको बेला अत्याधिक दौडधुपका कारण उनलाई छातीमा संक्रमण भएको थियो । पाँच दिन अस्पताल बसेपछि उनी कात्तिक १६ गते महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट चार दिनमा ‘डिस्चार्ज’ भएका थिए ।
त्यसयता प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन् । मन्त्रिपरिषद् बैठक समेत बसेको छैन । प्रधानमन्त्री ओलीले तिहारको अवसरमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजना गरेको कार्यक्रममा पहिलोपटक केहीबेर भने उपस्थित भएका थिए।
लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा उनको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा भाग लिएका थिए। कार्यक्रममा प्रधानमन्त्री ओलीलाई नबोल्न चिकित्सकले सुझाएपनि उनले भने रहर गर्दै २० मिनेट बोले ।
त्यसअघिका तीन महत्वपूर्ण कार्यक्रम, सिस्नुपानी नेपालको देउसी, उपराष्ट्रपतिको शुभकामना आदानप्रदान र मावनअधिकारवादी नेता पद्मरत्न तुलाधरको श्रद्धाञ्जली कार्यक्रममा उनी सामोल भएनन्।
संक्रमण निको भएपनि उनी कमजोरीबाट मुक्त हुन नसकेको र बदलिँदो मौसम उनका लागि अनकुल नहुने भन्दै उनलाई अझै केही दिन बाहिर नजान चिकित्सकले सुझाएका हुन्।
भिडभाडले पनि स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएकाले प्रधानमन्त्री ओलीलाई सार्वजनिक कार्यक्रममा भाग नलिन सुझाव दिइएको हो।
यस्तै प्रधानमन्त्री ओलीलाई चिल्लो, पिरो, चिसो खाना खान चिकित्सकले प्रतिबन्ध लगाएका छन्। प्रधामन्त्री ओली ‘ट्रान्सप्लान्ट सेन्टर’मा भर्ना हुँदा उपचारको नेतृत्वमा रहेका र अहिले पनि निगरानी गरिरहेका मुटुरोग विशेषज्ञ डा.अरुण सायमीले केही समय सबै काम बालुवाटारबाटै गर्न उनलाई सुझाव दिएको बताए।
‘उहाँको एन्टिवायोटिक सकिएको छ। तर उहाँ तंग्रिन बाँकी छ र फेरी पनि संक्रमणको जोखिम नहोस् भनेर हामीले उहाँलाई बाहिर नजानुहोस भनेका छौँ’, डा. सायमीले भने, ‘पार्टी र मन्त्रीपरिषद्का बैठकहरु बालुवाटारमै गर्नु पर्ने र सार्वजनिक कार्यक्रममा केही समय नजाँदा राम्रो हुने सुझाव दिएका छौँ।’
डा. सायमीका अनुसार प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्यमा पहिले भन्दा धेरै नै गम्भीर बनेका छन् । र, चिकित्सकको सुझाव अनुसार आफ्नो दैनिकी अघि बढाएका छन्। त्योसँगै पार्टीगत कामका लागि बढ्ता प्रचण्डलाई सहभागि गराउन थालेको छन्। ‘
प्रधानमन्त्री ओलीका निजी चिकित्सक मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंहले उनको स्वास्थ्यमा सुधार आएपनि आरामको जरुरत भएको बताइन्।
१२ वर्ष अघि भारतको अपोलो अस्पतालमा पुगेर दुवै मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले त्यसको औषधि समेत खाइरहेका छन्।
‘फलोअप’का लागि विदेश जाने उनी तयारीमा रहेको भनिए पनि डा. सिंहले उनलाई अहिले विदेश जान नपर्ने र उनले पछिल्लो समय आफूले सिफारिस गरेको औषधि खाइरहेको बताइन्।दृष्टिअनलाइनबाट साभार



