दमक/प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख स्वकीय सचिबमा इन्द्र भण्डारी नियुक्त भएको सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बधाइको ओइरो लागेको छ । बिशेष गरी दमक र झापा जिल्लाबासीहरुले सामाजिक सञ्जालमार्फत बधाइ दिएकाछन् ।
लामो समयदेखि ओलीको सहयोगीको रुपमा र अघिल्लो पटक प्रधानमन्त्री हुदा समेत प्रमुख स्वकीय सचिब रहेका भण्डारीको नियुक्तिपछि पार्टीका उपल्ला नेता तथा कार्यकर्तासम्मले उनलाइ बधाइ दिइ रहेकाछन् ।
प्रमुख स्वकीय सचिब पदलाइ महत्वपुर्ण मानिन्छ । ओलीले सचिवालयलाइ पुर्णता दिन नसकेका कारणले कामले गति नलिन नसकेको र आशतित सफलता नमिलेको भन्दै आलोचना हुदै आएको थियो ।
झापा दमकका स्थायी बासिन्दा भण्डारी प्रधानमन्त्री ओलीको बिषयमा जानकार ब्याक्ति हुन । उनको नियुक्तिले सचिवालयको कामकारवाही अब थप शशक्त रुपमा अघि बढ्ने बताइन्छ ।
यसभन्दा अगाडि मुख्य रुपमा सचिवालयको जिम्मेवारी राजेश बज्रचार्यले सम्हाल्दै आएका थिए । उनलाइ सरकार गठनपछि नै प्रधानमन्त्री ओलीले सचिवालयमा स्वकीय सचिबको जिम्मेवारी दिएका थिए । भण्डारी नेकपाको प्रदेश १ सम्पर्क मञ्चका अध्यक्ष हुन् ।



