काठमाडौ । भद्रपुर मेचीनगर–९ का अञ्जु अधिकारीले आफ्नो छोराको मृत्यु पछि घरमा एक्लै भएकी बुहारीको विवाह गरिदिएकी छिन् । उनको छोराले झुन्डिएर आत्माहत्या गरेपछि उनकी २१ वर्षे कलिलो बुहारीको बिजोक भएको थियो । उनका ३ वर्षको नाति पनि रहेका छन् ।

आफ्नो छोराको मृत्यु पनि उनले आफ्नी बुहारीलाई छोरी जस्तै पाल्दै आएकी थिइन् तर अहिले आएर यस्तो लोग्ने बिनाको एक्लो जीवन त्यतिकै नबित्ने भएकाले विहे गर्देको अञ्जुले बताइन् ।साथै उनले पनि पहिला आफुले लोग्ने बिना नै आफ्नो छोराछोरी हुर्काएकोले बुहारीको पनि यस्तो हालत देख्न नसेकेकाले विहे गरेको समेत बताएकी छिन् ।

जब छोराको मृत्यु भयो त्यसपछि सासू–बुहारी मिलेर चारआलीको पाथीभरा मन्दिरमा पूजा सामग्रीको पसल खोलेका थिए । त्यसपछि नजिकै अर्को पसल पनि थियो ,जहाको एउटा आइमाइ ब्यापारीसगँ उनीहरुको चिनजान भयो । गफ गर्ने क्रममा दुवैले आफ्नो दुख साटासाट गरे । त्यसै क्रममा त्यो पसलकी महिलाले पनि बुहारी दुई नाति छाडेर अर्कैसँग हिँडेपछि छोरो एक्लै रहेको सुनाइन् । र उनले अन्त्यमा तपाईंकी बुहारी मेरो छोरोलाई दिनु’ भनेपछि बिहेको कुरा अघि बढेको अञ्जुले बताएकी छिन् ।

त्यसपछि केटा र केटीले कुरा गरेपछि विहेको लागी सहमत भएका थिए । सासु अञ्जुले केटाको बारेमा बुझेको र कुनै समस्या नहुने देखेपछि बुहारीको बिहेका लागि सहमत भएको उनले बताइन् । दीपा (बेहुली)का बुवा लेखनाथ घिमिरे पनि छोरीको बिहे हेर्न बिहानै धरानदेखि आएका थिए । पहिला नै बिहे गर भनेर छोरीलाई भने पनि उनले नमानेको घिमिरेले सुनाए । अन्जुले बुहारीको धुमधामको साथ विहे गरिदिएकी छिन् । भने नातिले पनि आफ्नो आमाबाबुको विहेमा मज्जाले फोटो खिचेको थियो ।

त्यसैगरी एकल महिलालाई उसले चाहेको खण्डमा घरपरिवारसँग सल्लाह गरेर नयाँ जीवनको बाटो खोलिदिनुपर्ने मेचीनगर–९ का वडाध्यक्ष गोपाल खड्काले बताए । साथै विवाहमा एकल महिला सशक्तीकरण र दीपा ‘समाजकै प्रिय बुहारी’ भएको मेचीनगरकी अध्यक्ष मीरा काफ्ले पोख्ररेलले बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah