बिर्तामोड । बुधबार बिहानै विराटनगरबाट काँकडभिट्टा तर्फ आउँदै गरेको साझा नेपाल यातायातको बसका चालकलाई झापाको कनकाईमा ट्राफिक प्रहरीले मापसे जाँच गर्यो ।
को १ ख ६४४७ नम्बरको उक्त बसका चालक हिक्मत बहादुर कार्कीको मापसेको अवस्था जाँच गर्दा ब्रेथलाईजरले ५९५ युजी÷एल देखायो । सामान्यतः मापसे नगरेकाको अवस्थामा ब्रेथलाईजर मेसिनले शुन्य युजी÷एल देखाउँछ ।
तर पनि चालक कार्कीले ट्राफिक प्रहरीलाई भनिरहेका थिए, ‘मैले मादक पदार्थ सेवन हिजो बेलुका गरेको हो अहिले होइन ।’ २० यात्रु लिएर आउँदै गरेको सो बसका चालक कार्कीले ट्राफिक प्रहरीबाट उम्कन अनेक बहाना मात्र गरेनन् ट्राफिक प्रहरीलाई दुव्र्यवहार नै गरे । उनी सहित बसलाई नियन्त्रणमा लिएर सार्वजनिक मुद्दा दर्ताका लागि ट्राफिक प्रहरीले इलाका प्रहरी कार्यालय बिर्तामोडको जिम्मा लगाएको छ ।
मादक पदार्थ सेवन गरी सवारी चलाएको भेटिए र प्रहरीलाई दुव्र्यवहार गरे । अहिले झापा प्रहरीले चालकलाई जरिवाना मात्रै होइन सार्वजनिक मुद्दा नै चलाउन थालेको छ । ‘बुधबार बिहान मापसे आरोपमा पक्राउ परेका चालक कार्कीले अत्याधिक मदिरा सेवन गरी यात्रुवाहाक बस चलाएकाले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हौँ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले भने ।
मदिरा सेवनको अवस्था सहित चालकलाई नियन्त्रणमा लिएको समय, चालकको अवस्था लगायत सबै रिपोर्ट तयार पारेको प्रहरीले बताएको छ । सो बसमा सवार यात्रुलाई अर्को बसमा पठाएर बस र चालक सहित घटना बिबरण प्रहरीलाई दिएको राईले बताए ।
ट्राफिक प्रहरीले दैनिक झापाबाट छुट्ने र झापा भित्रने यात्रुबाहक सबै सवारी साधनका चालकलाई विहान र बेलुका मापसे चेक गर्दै आएको छ । ट्राफिक प्रहरी प्रमुख राई भन्छन्, ‘अधिकांश दुर्घटना चालकको लापरवाहीले भएको छ, त्यसमा पनि चालकले मापसे गरेर सवारी चलाउँदा दुर्घटना धेरै भएको पाइएकाले हामीले यसमा कडाइ गरेका हौँ ।’
अघिल्लो वर्ष पनि मादक पदार्थ सेवन गरी बस चलाएको आरोपमा प्रहरीले ५ जनालाई सार्वजनिक मुद्दा चलाएको थियो । पहिले मादक पदार्थ सेवन गर्दा नै सार्वजनिक मुद्दा चलाइन्थ्यो । नयाँ मुलुकी ऐन आएपछि केही नियम परिवर्तन भएको छ, नयाँ ऐन आएपछि मापसे घटनामा सार्वजनिक मुद्दा चलाइएको यो घटना पहिलो हो ।
ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी कृष्णप्रसाद कोइरालाका अनुसार चालकले चेक जाँचका क्रममा प्रहरीलाई दुव्र्यवहार गरेपछि मात्र सार्वजनिक मुद्दा चलाउने गरिएको छ । साउन महिनायता मात्रै झापामा मापसे गरी सवारी चलाउने ९ सय १ जना चालकलाई जरीवना गरी छाडेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।बिर्तामोड । बुधबार बिहानै विराटनगरबाट काँकडभिट्टा तर्फ आउँदै गरेको साझा नेपाल यातायातको बसका चालकलाई झापाको कनकाईमा ट्राफिक प्रहरीले मापसे जाँच गर्यो ।
को १ ख ६४४७ नम्बरको उक्त बसका चालक हिक्मत बहादुर कार्कीको मापसेको अवस्था जाँच गर्दा ब्रेथलाईजरले ५९५ युजी÷एल देखायो । सामान्यतः मापसे नगरेकाको अवस्थामा ब्रेथलाईजर मेसिनले शुन्य युजी÷एल देखाउँछ ।
तर पनि चालक कार्कीले ट्राफिक प्रहरीलाई भनिरहेका थिए, ‘मैले मादक पदार्थ सेवन हिजो बेलुका गरेको हो अहिले होइन ।’ २० यात्रु लिएर आउँदै गरेको सो बसका चालक कार्कीले ट्राफिक प्रहरीबाट उम्कन अनेक बहाना मात्र गरेनन् ट्राफिक प्रहरीलाई दुव्र्यवहार नै गरे । उनी सहित बसलाई नियन्त्रणमा लिएर सार्वजनिक मुद्दा दर्ताका लागि ट्राफिक प्रहरीले इलाका प्रहरी कार्यालय बिर्तामोडको जिम्मा लगाएको छ ।
मादक पदार्थ सेवन गरी सवारी चलाएको भेटिए र प्रहरीलाई दुव्र्यवहार गरे । अहिले झापा प्रहरीले चालकलाई जरिवाना मात्रै होइन सार्वजनिक मुद्दा नै चलाउन थालेको छ । ‘बुधबार बिहान मापसे आरोपमा पक्राउ परेका चालक कार्कीले अत्याधिक मदिरा सेवन गरी यात्रुवाहाक बस चलाएकाले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हौँ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले भने ।
मदिरा सेवनको अवस्था सहित चालकलाई नियन्त्रणमा लिएको समय, चालकको अवस्था लगायत सबै रिपोर्ट तयार पारेको प्रहरीले बताएको छ । सो बसमा सवार यात्रुलाई अर्को बसमा पठाएर बस र चालक सहित घटना बिबरण प्रहरीलाई दिएको राईले बताए ।
ट्राफिक प्रहरीले दैनिक झापाबाट छुट्ने र झापा भित्रने यात्रुबाहक सबै सवारी साधनका चालकलाई विहान र बेलुका मापसे चेक गर्दै आएको छ । ट्राफिक प्रहरी प्रमुख राई भन्छन्, ‘अधिकांश दुर्घटना चालकको लापरवाहीले भएको छ, त्यसमा पनि चालकले मापसे गरेर सवारी चलाउँदा दुर्घटना धेरै भएको पाइएकाले हामीले यसमा कडाइ गरेका हौँ ।’
अघिल्लो वर्ष पनि मादक पदार्थ सेवन गरी बस चलाएको आरोपमा प्रहरीले ५ जनालाई सार्वजनिक मुद्दा चलाएको थियो । पहिले मादक पदार्थ सेवन गर्दा नै सार्वजनिक मुद्दा चलाइन्थ्यो । नयाँ मुलुकी ऐन आएपछि केही नियम परिवर्तन भएको छ, नयाँ ऐन आएपछि मापसे घटनामा सार्वजनिक मुद्दा चलाइएको यो घटना पहिaलो हो ।
ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी कृष्णप्रसाद कोइरालाका अनुसार चालकले चेक जाँचका क्रममा प्रहरीलाई दुव्र्यवहार गरेपछि मात्र सार्वजनिक मुद्दा चलाउने गरिएको छ । साउन महिनायता मात्रै झापामा मापसे गरी सवारी चलाउने ९ सय १ जना चालकलाई जरीवना गरी छाडेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।