काठमाडौं । प्रधानमन्त्री के.पी ओलीले नेपाल कम्युनिष्ष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अत्यन्तै सहनशील व्यक्ति भएको बताउनु भएको छ ।
‘प्रचण्डजीमा असाधरण धैर्यक्षमता छ’ प्रकाश दाहालको स्मृतिमा सोमबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘त्यस्तो बज्रपातमा पनि उहाँ विचलित हुनु भएन, यस्तो शोकमा पनि उहाँको साथ अटुट रह्यो ।’
’ प्रकाशलाई पछिल्लो समयमात्र थाहा पाएँ । हरदम चुस्तदुरुस्त काम गर्ने क्षमता प्रकाशमा, प्रचण्डको सचिवालयमा काम गर्न सजिलो थिएन । सबैमिलाउन कुशल र सफल प्रकाश दाहाल परिवारले तत्काल देखाएको संयमको प्रशंसा गर्न चाहन्छु ।’जनतासमचार



