गलकोट– बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्णरुपमा जलेर नष्ट भएका छन्।

नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताए। ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिन सफल भएको थियो।

शिकार आरक्षमा रहेको हनुमान ध्वज गुल्मका गुल्मपति सेनानी रविजंग खड्काको नेतृत्वमा १ सय २ जना आगो नियन्त्रण टोली र ढोरपाटन शिकार आरक्षका कर्मचारीहरुको सहयोगमा बिहान मात्र आगो नियन्त्रणमा आएको हो।

ढोरपाटन वरपर चिसो मौसमका कारण स्थानीय घरधनी घुम्ती बसाइका लागि तल्लो वोबाङ तथा अन्य ठाउँमा सरेका कारण स्थानीयबासी नभएको समयमा आगो लागेको हो।

‘ढोरपाटनमा चिसोका कारण अधिकांश स्थानीय तल झरेपछि यहाँ निकै कम मात्रै स्थानीय छन्,’ स्थानीयवासी इन्द्र शाहीले भने, ‘स्थानीयहरुलाई घरमा आगो लागेको खबर गरेका छौँ, स्थानीय आएपछि भएको क्षतिको विवरण आउने छ।’ नेपाली सेना र शिकार आरक्षका कर्मचारीको टोलीले गाउँ नै आगो लाग्नबाट बचाएको र आगो जङ्गलतर्फ पस्न नदिएका कारण थप क्षति नभएको आरक्षका कर्मचारी वीरबहादुर थापाले बताए।

स्थानीयबासी आइसकेपछि मात्र घटनाको थप विवरण आउने थापाले बताए। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घरहरु एकापसमा जोडिएका कारण क्षति पुगेका घर बढ्नसक्ने बताएको छ। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah