दमक/भीमराज केसी दमकमा युवाहरुका लागि नौलो नाम होइन । युवाहरुमात्र नभएर पछिल्लो समयमा चिनिएको नाम हो केसी । खेलकुदबाट चिनिएका उनि अहिले आएर हरेक क्षेत्रमा चिनिदै आएकाछन् ।
ध्रुवतारा क्लवलाइ दमकमा स्थापित गराउनदेखि लिएर सामाजिक कार्यहरुमा समेत उनको योगदान रहदै आएको छ । जनप्रतिनिधिको रुपमा समेत उनि जनताबाट अनुमोदित बनेकाछन् ।
उनि दमक जेसिजमा पनि लामो समयदेखि क्रियाशिल रहेकाछन् । एक ब्याक्ति, एक बर्ष, एक कार्यकालको नीति अवलम्बन गरेको जेसिजमा अब उनि नेतृत्वको लागि दौडघुपमा रहेकाछन् ।
सहमति र सहकार्यलाइ अघि बढाउने हेतुले यसभन्दा अगाडि नै आफ्नो पालो आएपनि कुरेको र यो पटक अध्यक्ष बन्ने उनले जनाउदै आएकाछन् । यसमा सबैको सहयोग रहने र सर्वसम्मत रुपमा जेसिजको नेतृत्व पाउनेमा आफु आशाबादी रहेको उनले सुनाए ।



