राजु न्यौपाने । स्थायी बासिन्दा कमल गाँउपालिका (साविक लखनपुर) । पेशा, ब्यवसायी, एक सफल राजनीतिकर्मी पनि । सामाजिक क्षेत्रमा क्रियाशील उनि पछिल्लो समयमा दमकमा उदयमान ब्यापारीको रुपमा आफ्नो पहिचान बनाउन सफल भएकाछन् ।
यसभन्दा अगाडि उनको ब्यवसाय कमल गाँउपालिकाको मंगलवारेमा रहेको थियो । ब्यवसाय बिस्तारको क्रममा केहि बर्षअघि देखि दमकमा जम्दै आएकाछन् । मा शक्ति सप्लायर्स मार्फत पेप्सि तथा अन्य बिभिन्न ब्राण्डका चिसोपेय पदार्थ तथा जुसका आइटमहरुको ब्यापारमा लागेका उनि साविक लखनपुर गाबिसका काँग्रेस सभापति हुन् ।
राजनीतिलाइ कमाइ खाने भाडो होइन आफै सक्षम बनेर राजनीति सेवाको रुपमा गर्नु पर्छ भन्ने धारणा बोकेका उनि लायन्स क्लव अफ लखनपुरमार्फत सामाजिक गतिबिधिमा सक्रिय छन् । उनि क्लवको जनसम्पर्क अधिकारी हुन् ।
मिजासिला स्वभावका र अहिलेसम्म कहि कतै बिबादमा नपरेका उनि राजनीति, सामाजिक र ब्यवसायीमा नभएर सहकारीकर्मी पनि हुन् । दमक द एभरेष्ट सहकारी संस्थामा शुरुवातदेखि नै अहिलेसम्म पनि सक्रिय रहेकाछन् ।



