दमक/सेवाको क्षेत्रमा निरन्तर काम गर्दै आएका लायन्स क्वलहरुको सक्रियता बढ्दै गएको छ । यसै क्रममा २७ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसर पारेर लायन्स क्लब इन्टरनेशनलले देशैभरका विभिन्न ठाउँमा अपाङगता भएका व्यक्तिहरुको जिवनयापनमा सहजताका लागि आधुनिक किसिमका ह्विलचेयर प्रदान गरेपछि अपांगता भएकाहरुको मुखमा मुस्कान देखिएको छ ।
लायन्स क्लब इन्टरनेशन डिस्ट्रक ३२५ ए वानले झापासहित विभिन्न स्थानमा विशेष कार्यक्रम गरेर ह्विलचेयर प्रदान गरेको लायन्स क्लव अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ एवानका सेक्रेटरी रेवत बहादुर कार्कीले बताए । यो कार्यक्रम निरन्तर रहने समेत उनले बताएकाछन् ।
लायन्स क्लब अफ लखनपुर र तोपगाछीको पहलमा झापाको कमल गाउँपालिका ७ जना अपाङगता भएकाहरुलाइ सात वटा ह्विलचेयर प्रदान गरिएको छ । केर्खामा आयोजित कार्यक्रममा ह्विलचेयर प्रदान भएको हो ।

कार्यक्रम संयोजक तथा लायन्स क्लब अफ लखनपुरका चार्टर प्रेसिडेन्ट धर्मानन्द भट्टराईले शारिरिक रुपमा पुर्ण अपांगहरुलाइ ह्विलचेयर प्रदान गरिएको हो । निरन्तर सेवाको क्षेत्रमा काम गर्ने क्रममा यो कार्यक्रम राखिएको उनले जनाए ।
अपाङगता भएकाहरुको जिवनमा सहजताका लागि लायन्स क्लब अफ लखनपुरले एक बर्ष अघिदेखिनै इन्टरनेशनल लायन्समा प्रस्ताव पेश गरेका आधारमा ति ह्विलचेयर प्राप्त भएको क्लबका प्रथम उपाध्यक्ष ज्ञानु पौडेलले जानकारी दिए ।
अपांग सहयोग समिति, कमल गाँउपालिका लगायतका सरोकारवाला निकायहरुको आयोजनामा भएको कार्यक्रममा अपांगता भएकाहरु परिचयपत्रको समस्याको बिषयम कुरा उठाएका थिए ।
संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुको समस्या सामधानका लागि पहल गर्ने बताएकी थिइन् । कार्यक्रममा कमल गाँउपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।




