मंसिर २०, २०७५
काठमाडौं– स्वतन्त्र मधेस गठवन्धनका संयोजक डा. सीके (चन्द्र कान्त) राउत राज्यविरुद्धको संगठित अपराध (राज्यद्रोह) मुद्दाको पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत रौतहटले राउतलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । बिहीवारको थुनछेक बहसपछि जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलाशले राउतलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको हो ।

गत असोज २९ गते जिल्ला अदालत रौतहटमा नै तारेख बुझाउन आएका क्रममा राउत पक्राउ परेका थिए । राउतको गिरफ्तारी गैरकानूनी भएको भन्दै उनका दाई जयकान्तले कात्तिक ११ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।

जयकान्तको रिटको सुनुवाई गर्दै सर्वाेच्चकी न्यायाधीश मिरा खड्काले १३ कात्तिकमा सीके राउतलाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेकी थिइन् ।

त्यसयता राउतको मुद्दामा ६ वटा पेशी तोकिएका थिए । सातौं पेशीको रुपमा सोमवार न्यायाधीश दीपकराज जोशी र वम कुमार श्रेष्ठको इजलाशले राउतको गिरफ्तारीविरुद्ध परेको रिट खारेज गरिदिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah