काठमाण्डु, २१ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावताका आफूहरुले जनतासमक्ष गरेको वाचा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

राजधानीमा शुक्रवार आयोजित आनुवंशिक रोगसम्बन्धि पहिलो राष्ट्रिय भेलामा अध्यक्ष प्रचण्डले सरकार गठन भएको एक वर्षमा अपेक्षा अनुसार काम हुन नसकेको भएपनि पाँच वर्षभित्रमा आफूहरुले गरेको वाचा अनुसार सबै काम पूरा गर्ने बताए ।

‘केही कमजोरीलाई देखाएर यो भन्दा पुरानै व्यवस्था राम्रो थियो भन्ने टिप्पणी सुन्ने गरिएको छ यो गलत हो’ प्रचण्डले प्रश्न गरे,‘ के त्यहाँ शन्ति थियो, विकास निर्माण थियो त ?’

‘झन्डै एक वर्ष हुन लाग्यो तर भनेको जस्तो हुन सकेन भन्ने गुनासो सुनिरहेका छौं’ प्रचण्डले भने,‘ तर पूर्वाधार विकासमा महत्वपूर्ण काम भएका छन् ।’

सरकारले कनेक्टिभिटीमा जोड दिइरहेको बताउँदै प्रचण्डले रेल,हवाई, टेक्नोलोजीमा उपलव्धि पाएको बताए । यदी स्थीर सरकार नभएको भए यी चिजहरु प्राप्त नहुने प्रचण्डको भनाइ थियो ।

संविधान अनुसार पाँच वर्ष सरकार चल्नेमा ढुक्क हुन प्रचण्डले आग्रह गरे ।

स्वास्थ्यका क्षेत्रमा सरकारले महत्वपूर्ण काम गरेको प्रचण्डको भनाइ थियो । स्वास्थय सेवालाई मौलिक हक अन्तर्गत संविधानमा राखिएको र त्यही अनुसार कानूनहरु बनेको भन्दै प्रचण्डले अब कसैले उपचार नपाए वा गर्न नसके कानूनी उपचार खोज्न सक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah