दमक /मन्त्रीपरिषद बैठकले मेचीनगरमा निर्माण हुन लागेको मेचीपुलको आसपासका विस्थापित बन्ने घरपरिवारलाइ मुआब्जा प्रदान गर्नका लागि आवश्य बाटो खुला गरेको छ । बिहिबार सार्वजनिक मन्त्रीपरिषदको निर्णय यस्तो छ ।
एसियाली विकास बैंकको सहयोगमा भारत सरकारमार्फत निर्माण हुने मेची पुल (काँकडभिट्टा, पूर्व मेची नगरपालिका १०) का लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्न पहुँच मार्गसहित नयाँ पुलको केन्द्रबिन्दुबाट दायाँ र बायाँ २५/२५ मिटरसम्मको जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान भइसकेको हुँदा अब उक्त पहुँच मार्गमा पर्ने घरटहराहरूमध्ये जग्गाधनी प्रमाणपूर्जा नभएकाहरूको हकमा जग्गा तथा घरटहराहरूको मुआब्जा दिन स्वीकृति प्रदान गरिएको छ।



