दमक/झापाको दमकस्थित इलाका ट्राफिक प्रहरी कार्यालय दमकको नयाँ भवन बन्ने भएको छ । यसका लागि दमकका सामाजिक तथा राजनीतिक अगुवाहरु सम्मलित उपभोक्ता समिति बनेको छ ।
इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहालका अनुसार दमक ५ स्थित हालको ट्राफिक प्रहरी कार्यालय भवनसंगै पछाडि खाली जमीनमा नयाँ भवन निर्माण हुनेछ । १ करोड ६० लाखको लागतमा भवन बन्न लागेको हो ।
२ कठ्ठा १७ धुर जमीनमा अवस्थित हालको एकतले कार्यालय भवन २०४८ सालमा बनेको थियो । यो अहिले जिर्ण बनेको छ । निर्माण व्यवसायी गणेश बस्नेतको अध्यक्षतामा उपभोक्ता समिति बनेको हो । उपाध्यक्षमा रेगिना भट्टराई, सदस्य सचिवमा ट्राफिक प्रहरी प्रमुख दाहाल ,कोषाध्यक्षमा भूमिका कोइराला, सहसचिवमा चन्द्र खत्री दाहालछन् ।
यसैगरी सदस्यहरुमा राजन दंगाल, शंकर वस्नेत, मन्दरा पौडेल,लिलादेवी ढुंगेल दाहाल, अशोक भण्डारी, धिरेन लावती, गंगा सिटौला, दिनेश अग्रवाल, राजकुमार गौतम र पदेन सदस्यमा दमक उद्योग वाणिज्य संघका प्रतिनिधिछन् ।



