काठमाडौं– मिस वल्र्ड प्रतियोगी शृङ्खला खतिवडाले नेपालको पहिलो प्रधानमन्त्री बन्ने सपना बोकेको बताएकी छन् । ‘मलाई नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने चाहाना छ’ चीनमा हालै सम्पन्न मिस वल्र्डमा सहभागी भएर काठमाडांै आएपछि शुक्रबार पहिलोपटक पत्रकार सम्मेलन गर्दै शृङ्खलाले आफुलाई पहिल्यैदेखि नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने चाहाना रहेको बताएकी हुन् ।

उनले नेपाल हेरक क्षेत्रमा सक्षम हुँदाहुँदै पनि आर्थिक रुपमा सक्षम हुन नसक्दा आफु पछि परेको भन्दै त्यसका लागि मुलुकको आर्थिक अवस्था राम्रो बनाउन जरुरी रहेको आफुले अनुभव गरेको सुनाइन् ।
प्रतियोगिताका क्रममा नेपालीले भोट दिएर साथ दिएपनि आफु टप १२ बाटै बाहिरिनु परेको शृङ्खलाको भनाई छ । ‘टप फाइभमा पनि नपर्दा खल्लो लाग्नु स्वभाविक हो । धेरै नेपालीले आश गर्दै साथ पनि दिएका थिए । तर, निर्णायक मण्डलको निर्णयमा म टप–१२ बाटै बाहिरिए’ पत्रकार सम्मेलनमा शृङ्खलाले भनिन् ।

उनले प्रतियोगितामा भोटिङबाहेक प्रतियोगीहरुको एक महिनादेखिका क्रियाकलापका आधारमा जजमेन्ट हुने गरेकोले आफु त्यसमा कमजोर भएको हुनसक्ने बताइन् । मिस वल्र्डको ताज पहिरिन नपाएपनि समाजमा आफुलाई केही गर्ने चाहानाअनुसार समाजसेवाका केही काम गर्न थालिसकेको भन्दै उनले मिस वल्र्डमा सहभागी भएपछि आफुले धेरै कुरा सिक्ने मौका पाएको बताइन् ।

चीनको सान्या शहरमा भएको प्रतियोगितामा विश्वका १२१ सुन्दरीहरुले प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये उनी १२ औं नम्बरमा परेकी थिइन् । त्यसमध्ये उनले दुई अवार्ड समेत जितेकी थिइन । खतिवडाले मल्टिमिडियाको साथै ब्युटी विथ पर्पोजको अवार्ड पनि हात पारेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah