दमक/दमकमा मुख्य कार्यालय सहित सञ्चालनमा आएको हिमशिखर मिडिया प्रालिले आउदो पौष २ गतेदेखि खुला राष्ट्रब्यापी सिंगल, डवल र समुहगत नृत्य प्रतियोगीता गर्ने सार्वजनिक गरेको छ । हिमशिखर डान्स आइडलको दोश्रो चरणको कार्यक्रम अन्र्तगत यो कार्यक्रम गर्न लागिएको प्रालिका अध्यक्ष ध्रुव न्यौपानेले बताए ।
धरान, इटहरी, बिराटनगर, बिराटचोक, बिर्तामोड, इलाम, दमक लगायतको क्षेत्रमा पौष २९ गतेसम्म अडिसन सञ्चालन हुने बताईएको छ । शनिबार पत्रकार सम्मेलन गरेर यस बिषयमा जानकारी गराईएको थियो । पुरुस्कार राशि ३ लाख रहेको छ । दोस्रो हुनेले १ लाख रुपिया पाउने अध्यक्ष न्यौपानेले जानकारी दिए ।



