नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको ४० किलो जगंलनजिक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा १० घाइते भएका छन्। मृतकको नाम ठेगाना खुल्न सकेको छैन।
काँकडभिटाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस अनियन्त्रित भई सडकबाट तल पल्टिएको नवलपुर प्रहरीले जनाएको छ। प्रहरी घटनास्थल पुगी उद्धार गरिरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।



