नरेन्द्र ढकाल / झापा ।

गत मंसीर २४ गते पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको कमल गाँउपालिका–५ रवि पेट्रोल पम्प अगाडि को १ क २३९० नम्बरको बसको ठक्करले गौरादह–४ की ६२ वर्षीया निर्मला कार्कीको घटना स्थलमा नै मृत्युभयो । मंसीर–२५ गते एकै दिन दमकमा भएका दुई अलग–अलग दुर्घटनामा तीन जनाले ज्यान गुमाए ।

दमकनगरपालिका–५ गोरखा डिपाटमेन्ट स्टोर अगाडि को ३३ प ७९४५ नम्बरको मोटरसाइकललाई एच आर २७ जे ६२५ नम्बरको भारतीय ट्रकले ठक्कर दिदाँ मोटर साइकलमा सवारी मोरङको पथरी शनिश्चरे–९ का ३० वर्षीय हेमचन्द्र गिरी र उनका बुबा ६० वर्षीय धनप्रसाद गिरीको घटना स्थलमा नै ज्यान गयो ।

सोही दिन बेलुका दमककै कृष्णमन्दिर अगाडि ना ४ ख ६७८२ नम्बरको बसले ठक्कर दिदाँ मे २ प ३३०१ नम्बरको मोटरसाइकलमा सवार मोरङको केराबारीका ४८ वर्षीय देवीप्रसाद राईको पनि घटना स्थलमा नै मृत्यु भएको थियो ।

म्ंसीर २७ गते कमल गाँउपालिका–३ अन्र्तगत सहिद गेट अगाडि को ९ प ५८७१ नम्बरको मोटरसाइलकल र को १२ प ७५२२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा को ९ प ५८७१ नम्बरका चालक तेह्रथुम जलजलेका ३६ वर्षीय पूर्णराज लिम्बुको मृत्यु भएको थियो । मंसीर २८ गते कमल गाँउपालिका –५ लभडाँडामा को १० प ७६२७ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ कमल गाँउपालिका–१ का साइकल यात्री इन्द्रबहादुर बुढाथोकीको मृत्यु भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दुर्घटना न्यूनिकरणका लागि विभिन्न प्रयास गर्दा समेत दुर्घटनामा मृत्यु हुनेको संख्या नघट्दा ट्राफिक प्रहरी नै निरास बन्न पुग्यो । एक ट्राफिक प्रहरी भन्छन्–दिनरात सडकमा उभिएर काम गर्नुपरेको छ । दुर्घटना घटाउन अनेक उपाय लगाउदा समेत दुर्घटना बढ्पछि काम नै नगरे जस्तो हुन्छ, यस्तो अवस्थामा राजीनामा दिए घर नै बस्नु जस्तो लाग्छ ।

दमकमा मात्रै सात दिनमा ६ जनाको मृत्युभएपछि हाल चेकजाँचलाई तिब्र बनाएको छ । मंसीर महिना सुरु हुनासाथ सबैले वनभोज कार्यक्रमलाई प्राथमिकतामा राखेका हुन्छन् । चाडपर्व सकिएपछि एकदिन भएपनि साथीसंगीसंग रमाइलो गर्दै वनभोजमा रमाउने क्रम बढ्दै गएको छ ।

वनभोजमा रमाइलोसंगै मादकपदार्थ सेवन गर्ने युवायुवतीको संख्यापनि उल्लेख्य रुपमा पाइन्छन् । तर कतिपय स्थानमा एकैछिनको रमाइलोले धेरैले ज्यान गुमाएका छन् । मादकपदार्थ सेवन गरेर सवारी चलाउने क्रम बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिँउसै मापसे चेकिङ् सुरु गरेको हो ।

मंसीर महिनामा मात्रै तीन सय ५१ जनालाई मापसे अन्र्तगत कारबार्ही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक कालिदास रेग्मीले जानकारी दिए । ट्राफिक प्रहरीले विभिन्न सचेतना मुलक होडिङ बोर्ड राखेर तथा विभिन्न चेकजाँच गरेर दुर्घटना न्यूनिकरणका लागि काम गरिरहेपनि दैनिक रुपमा दुर्घटना हुनेक्रम बढ्दै गएको छ । अधिकांश दुर्घटना मादक पदार्थ सेवन पछि लापरबार्ही रुपमा सवारी सञ्चालन गरेका कारण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सुचना अधिकारी याम खड्काले जानकारी दिए ।

तिब्र गति र ओभर टेक

झापामा भएका अधिकांश सवारी दुर्घटनामा चालकको लापरबार्ही देखिएको छ । दमकमा एक सातामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्युभएपछि ट्राफिक प्रहरीले दुर्घटनाको कारण खोज्दा तिब्र गति र ओभर टेक नै रहेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालका प्रहरी नायब निरीक्षक कालिदास रेग्मीले बताए ।

उनले भने–चाकल अलिकति मात्र जिम्मेवार बन्ने हो भने धेरै दुर्घटना कम हुन्छन् । ट्राफिक प्रहरी दिनभर सडकमा उभिएर दुर्घटना न्यून गर्न लागेपनि चालक र यात्रुले सचेतना नअप्नाउदा दुर्घटना बढेको प्रहरीको भनाई छ । दुर्घटना न्यूनीकरणका लागि यात्रु र चालक जिम्मेवार बन्नु पर्ने ट्राफिक प्रहरीको भनाई छ ।

२० दुर्घटनामा ८ जनाको मृत्यु

झापाका विभिन्न स्थानमा मंसीर महिनामा २० वटा सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा ८ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीको सक्रियताका कारण विगतका वर्षहरुमा भन्दा यसवर्ष दुर्घटना संख्यामा कमी आएपनि मृत्युदर भने बढ्ने क्रममा रहेको छ । अधिकांश दुर्घटना दिँउसो र बेलुकाको समयमा हुने गरेको ट्राफिक प्रहरीको भनाई छ ।

आमसञ्चार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah